शनिबार, ८ वैशाख २०८१

जगदम्बा मोटर्सद्धारा टीभीएस ‘न्यू रेस अपाचे १६० २भी’ सार्वजनिक

समयपोष्ट २०७८ साउन ३२ गते १९:५८

Advertisement

टू–ह्वीलर तथा थ्री–ह्वीलर निर्माता कम्पनी टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले कम्पनीले ‘टीभीएस न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स र फराकिलो टायर भएको अपाचे १६० २भी’ सार्वजनिक गरेको छ ।

जगदम्बाले काठमाडौंको सानो भर्याङमा आफ्नो शोरुम विस्तार गरी यो मोटरसाइकल सार्वजनिक गरेको हो ।

कम्पनीले अपाचे १६० २भीमा न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स समावेस गरि फरक डिजाइनमा बजारमा ल्याएको हो । यसको पछाडि १२०/७०×१७को नयाँ फराकिलो टायर राखिएको छ जसले बाटोमा अझ राम्रो ग्रिप र सुरक्षा प्रदान गर्ने कम्पनीको दावी छ ।

२ लाख ६९ हजार ९ सय रुपैयाँ मूल्य तोकिएको यो मोटरसाइकल पर्ल वाइट, म्याट ब्लु, ब्ल्याक, ग्लस रेड र ग्रे गरेर ५ ओटा भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री