शनिबार, १५ वैशाख २०८१

गोकर्णमा हुन्डाई अल न्यू आई २० टेष्ट ड्राइभ

समयपोष्ट २०७८ साउन ३२ गते १४:११

Advertisement

नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले भर्खरै मात्र बजारमा आएको हुन्डाइ अल न्यू आई२० का लागि गोकर्ण फरेस्ट रिसोर्टमा मिडिया टेष्ट ड्राइभ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपालका विभिन्न मिडिया हाउसका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । आयोजित कार्यक्रममा अल न्यू आई२० का एड्जी तथा स्पोर्टी विशेषताहरु माथि ध्यान आकर्षण गराइएको थियो ।

एक हप्ता अगाडि मात्र नेपालमा लन्च भएको अल न्यू आई२०को बजारमा राम्रो प्रतिक्रिया आएको कम्पनीले जनाएको छ । नेपाली अटो बजारमा अल न्यू आई२०ले नयाँ आयाम कायम गर्ने विश्वास लिएको कम्पनीले जनाएको छ । आई२० टाइफुन सिल्वर, टाइटन ग्रे, मेटालिक कपर, स्टार्री नाइट, पोलर ह्वाइट र फायरी रेडमा उपलब्ध छ । नेपालमा माग्ना र स्पोर्टस् भेयिन्टमा उपलब्ध आई २०मो मूल्य ३६ लाख ९६ हजार र ४१ लाख ९६ हजार तोकिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री