बुधबार, २६ वैशाख २०८१

सिजन युवा क्लब, तनहुँलाई अशोक लेलैण्ड दोस्त मोडलमा निर्मित एम्बुलेन्स हस्तान्तरण

समयपोष्ट २०७८ साउन २५ गते १९:३५

Advertisement

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. ली. द्धारा प्रवद्धित अशोक लेलैण्डले एक कार्यक्रम बिच डुम्रे, तनहुँमा सिजन युवा क्लब साथै शान्ती आमा समुहलाई दोस्त मोडलमा निर्मित सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

सोमबार आइएमई मोटर्स प्रा.लि. को तर्फबाट कर्पाेरेट सेल्स हेड सुशिल राणा थापाले एम्बुलेन्सको साँचो तनहुँ जिल्ला उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठ साथै क्लबका अन्य सदस्यहरुलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा श्रेष्ठले भने डुम्र्रेमा यसप्रकारको सुविधा युक्त एम्बुलेन्स गैर–नाफा मुलक संस्थाद्धारा खरिद गर्न पाउँदा अत्यन्त खुसी लागेको बताए । अरु एम्बुलेन्स भन्दा दोस्त एम्बुलेन्स धेरै ठुलो र फराकिलो रहेको हुदा बिरामी साथै बिरामीका सदस्य र डाक्टर बस्न मिल्ने ब्यवस्था गरिएको हुदा टाढा अस्पताल पुग्नुपर्दा सजिलै लिएर जान सकिने बताए । स्वास्थ्य सेवा, विशेषगरी आप्तकालीन स्वाथ्यसेवाको पहुचलाइ सहज बनाउन संस्थाद्धारा खरिद गरेको उनले बताए । साथै युवा क्लब लाई एम्बुलेन्स खरिद गर्न विशेष सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद पनि दिए ।

आइएमई मोटर्सले दोस्त एम्बुलेन्स साथै एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु कर्पाेरेट सेल्सको माध्यम बाट विक्री वितरण गर्दै आएको छ । गत वैशाख महिनामा आइएमई मोटर्स द्धारा पाँच ओटा एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु भारतीय राजदूतावासलाई पनि हस्तान्तरण गरिएको थियो । आइएमई मोटर्सले एम्बुलेन्स सहित विषेश सुविधा युक्त दमकल, मोर्टर्युरी भ्यान, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठुला कम्रसियल गाडीहरु बिक्रि वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागी प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउदै आएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री