शुक्रबार, ७ वैशाख २०८१

केटीएम र हस्कभर्ना मोटरसाइकलको सोरुम टाइम्स अटो इन्टरप्राइजेज भक्तपुरमा

समयपोष्ट २०७८ साउन २१ गते १७:३७

Advertisement

हंसराज हुलासचन्द एण्ड कम्पनी अन्तर्गतको केटीएम र हस्कभर्ना मोटरसाइकलको आधिकारीक वितरक टाइम्स अटो इन्टरप्राइजेजले डिलरशिप शोरुम भक्तपुर ठिमीमा संचालनमा ल्याएको छ ।

टाइम्स अटो इन्टरप्राइजेज केटीएम र हस्कभर्ना मोटरसाइकलको थ्री इन सर्भिस शोरुम संचालनमा ल्याएको हो । दुवै ब्राण्डहरु बिल्कुलै नयाँ शोरूममा ग्राहकहरुको लागि उपलब्ध हुने टाइम्स अटोले जनाएको छ ।

हंसराज हुलासचन्द प्रा.लि. ले सन् २०१२ मा केटीएम खरिद गरी नेपालमा ल्याएको थियो । त्यस्तै स्वीडिश ब्राण्ड हस्कभर्ना सन् २०२० देखि बजारमा उपलब्ध छ । दुवै बाइक सबै केटीएम र हस्कभर्ना शोरूमहरुमा उपलब्ध रहेको टाइम्स अटोले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री