
लिबर्टी इनर्जीको आईपीओ बाँडफाँट भएको छ ।
एनआइबिएल एस क्यापिटलको कार्यलयमा आज गरिएको बाँडफाँटमा ९४ हजार ९०४ आवेदकले १० कित्ता शेयर पाएका छन् भने ४५ हजार ४८ आवेदकले २० कित्ता, ४८ हजार २२१ आवेदकले ३० कित्ता र गोलाप्रथाबाट २५ हजार ६२० आवेदकले थप १० कित्ता गरी ४० कित्ता शेयर पाएका छन्।
लिवर्टीको आईपीओमा कुल १ लाख ८८ हजार ४९९ वटा आवेदन परेको थियो। जसमध्ये १२६ वटा आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
३० कित्तासम्म माग गरेका सबै आवेदकलाई माग गरे जति शेयर वितरण गरिएकाे छ। ३० कित्ताभन्दा माथिको संख्यामा शेयर माग गर्ने ३६ हजार ५५८ मध्ये गोलाप्रथाका आधारमा २५ हजार ६२० आवेदकलाई थप १० कित्ता शेयर बाँडफाँट गरिएको हो।









प्रतिक्रिया