बुधबार, २६ वैशाख २०८१

बजारमा अहिले टर्म लाइफ इन्स्योरेन्सको माग छ

समयपोष्ट २०७७ भदौ १५ गते १०:४८

Advertisement

बीमा संस्थानको पछिल्लो अवस्था कस्तो छ ?

संस्थानको पछिल्लो अवस्था सामान्य नै छ । गएको असार मसान्तसम्म संस्थानले ७ अर्ब ६ करोड ४१ लाख रुपैयाँ खुद बीमा शुल्क सङ्कलन गरेको छ भने २ अर्ब ९६ करोड ५२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । संस्थानको बीमा कोष २६ अर्ब ५० करोड जति रहेको छ । संस्थानमा अहिले १४ वटा शाखा कार्यालय रहेका छन् र अभिकर्ताको सङ्ख्या करिब ७ हजार रहेको छ । बीमा लेख संख्या ७ लाख १ हजार रहेको छ । कुल बीमा बजारमा बीमा लेख सङ्ख्याको हिसाबले करिब ७ प्रतिशत, बीमा शुल्क र बीमा कोषमा करिब १० प्रतिशत र दाबी भुक्तानीमा करिब साढे १३ प्रतिशत जतिको हिस्सा संस्थानको देखिन्छ ।

यो बीचमा कोरोना प्रकोपसँगै लकडाउन पनि भयो त्यसले कत्तिको असर गर्यो ?

स्वाभाविक रूपमा त्यसले असर ग¥यो । जीवन बीमामा अभिकर्ता र ग्राहकको बीचमा प्रत्यक्ष सम्पर्क हुने गर्छ त्यसैले असर नगर्ने कुरा भएन । कुल बीमा बजार हेर्ने हो भने चौथो त्रैमासिकमा बढी बीमा शुल्क सङ्कलन गर्ने अवस्था रहन्छ । त्यही समयमा कोरोना प्रकोप आएका कारण व्यवसायमा केही अप्ठेरो पर्यो । त्यति हुँदाहुँदै पनि असार मसान्तसम्म बीमा शुल्क बुुझाउने बीमितलाई छुटको व्यवस्था गर्यौं । त्यसले गर्दा वैशाख र जेठमा आउन नसकेको बीमा शुल्क पनि असारमा आयो । हामीले कुल वार्षिक बीमा शुल्क जति उठाउने भनेका थियौँ त्यो लक्ष्य बमोजिम प्रगति हासिल गर्न सक्यौँ । करिब ६ अर्ब ५१ करोड हामीले बीमा शुल्क सङ्कलन हुुने अपेक्षा गरेका थियौँ तर ७ अर्ब पुग्यो । लक्ष्यको तुलनामा प्रगति हासिल भयो तर प्रकोप नआएको भए अझ वृद्धि हुन सक्ने स्थिति थियो ।

Advertisement

यसको मतलब लकडाउनले खासै असर गरेन ?

बीमा शुल्क मात्र हेर्दा प्रभाव परेन तर अन्य गर्नुपर्ने गतिविधि रोकिए । गत वर्ष नै २४ वटा शाखा कार्यालय विस्तार गर्ने योजना थियो । लोक सेवा आयोगबाट लिखित परीक्षा भइसकेको थियो । ती सबै कर्मचारी आउन सकेको भए चैत वैशाखभित्र २४ वटा शाखा पुर्याउने र त्यस मार्फत व्यवसाय अगाडि बढाउने योजना थियो । त्यो काम हामीले गर्न सकेनौँ । ती कर्मचारीको असार अन्तिममा मात्र नतिजा आएको छ । हामीले उहाँहरूको अन्तर्वार्ता लिई नतिजा प्रकाशन गरिसकेका छौं र अब नियुक्तिको क्रममा रहेको छ । अभिकर्ताको सङ्ख्यासमेत विस्तार गर्ने योजनामा हामी थियौँ । बाहिर गएर तालिम सञ्चालन गर्न नसक्दा असर त्यहाँ पनि पर्न गयो, जसले गर्दा अपेक्षित लक्ष्य हासिल गर्न सकिएन ।

हामीले गर्ने नियमित गतिविधिमा पनि असर परेको छ । कोरोनाले एक खालको चुनौती थपेको छ तर सँगै अवसर पनि रहेको अनुभूति मैले गरेको छु । बीमा आवश्यक रहेछ भन्ने आम जनमानसमा परेको छ । यो सकारात्मक पक्ष हो ।

अबका दिनमा डिजिटाइजेसन तुुरुन्त नगरी नहुनेरहेछ भन्ने शिक्षा हामीले पाएका छौँ । पहिलो त्रैमासिकमा डाटा माइग्रेसनको काम सकेर दोस्रो त्रैमासिकमा अनलाइन गर्ने योजनाका साथ सफ्टवेयर विकास गरिरहेका छौँ ।

कोरोना र लकडाउनका कारण मानिसको काम गर्ने शैली, आनीबानी परिवर्तन भयो । यहाँहरूले पनि बीमा लेख अनलाइनबाट जारी गर्नुभयो । यसले अब बीमा सेवा पूरै डिजिटलीकरण गर्न कत्तिको मद्दत गर्छ ?

डिजिटाइजेसन अहिलेको अवस्थामा ज्यादै महत्वपूर्ण छ । हाम्रो जस्तो पुरानो संस्था जहाँ पुुरानै तरिकाले काम कारबाही गर्दै आएका थियौँ , त्यसलाई पनि यसले अब नयाँ बाटोमा हिँड्नुपर्छ भनेर शिक्षा दिएको छ । यसैबीच हामीले कारोबार सबै अनलाइन गर्न सकेनौं तर भीड नियन्त्रण गर्न जति गर्न सकिन्थ्यो त्यति गर्यौं । अबका दिनमा डिजिटाइजेसन तुुरुन्त नगरी नहुनेरहेछ भन्ने शिक्षा हामीले पाएका छौँ । पहिलो त्रैमासिकमा डाटा माइग्रेसनको काम सकेर दोस्रो त्रैमासिकमा अनलाइन गर्ने योजनाका साथ सफ्टवेयर विकास गरिरहेका छौँ ।

जीवन बीमालाई गति दिन अबको बाटो कस्तो हुनुपर्छ ?

नेपालको जीडीपीमा अहिले पनि बीमाको योगदान करिब साढे ३ प्रतिशत रहेको छ । छरिएर रहेको पुँजी जीवन बीमाको माध्यमबाट सङ्कलन गर्न सकिने भएकाले जति यसलाई विकास गर्न सकियो त्यति योगदान गर्न सकिन्छ तर त्यसमा अझै पनि समस्या रहेका छन् । यसलाई जति विस्तार गर्न सकियो यसले त्यति नै योगदान गर्छ । बीमाको विस्तारको लागि डिजिटल माध्यमको बढी प्रयोग गर्न सकियो भने राम्रो उपलब्धि हासिल गर्न सकिन्छ र सहयोग पनि पुग्छ । अबको युग भनेको डिजिटल युग हो त्यसैले सबैले यसलाई अंगीकार गरी अघि बढ्नु पर्दछ ।

म आउँदासम्म २०६४ साल सम्मको मात्र बिमाङ्कीय मूल्याङ्कन भएको थियो । अहिले आ.व. २०६९/०७० सम्मको बीमाङ्कीय मूल्याङ्कन गरेर स्वीकृतिका लागि बीमा समितिमा पठाएका छौं । त्यो स्वीकृति भएर नआएकाले वित्तीय विवरण स्वीकृत तथा लेखापरीक्षण हुन नसकेको अवस्था छ ।

राष्ट्रिय बीमा संस्थानको अडिटको कुरामा सधैं बजारमा चर्चा हुने गरेको छ, अब कहिलेसम्म सकिएला ?

अडिटमा हामी अलि पछाडि परेको हौँ, तर हामीले अडिट नै नगरेको भने होइन । आन्तरिक हिसाबले हामीले २०७४ सम्मको अडिट सम्पन्न गरिसकेका छौँ तर त्यसले पूर्णता पाएको छैन । जीवन बीमामा बीमाङ्कीय मूल्याङ्कन गरिसकेपछि मात्र लेखा परीक्षणलाई अन्तिम रूप दिन सकिन्छ । म आउँदासम्म २०६४ साल सम्मको मात्र बिमाङ्कीय मूल्याङ्कन भएको थियो । अहिले आ.व. २०६९/०७० सम्मको बीमाङ्कीय मूल्याङ्कन गरेर स्वीकृतिका लागि बीमा समितिमा पठाएका छौं । त्यो स्वीकृति भएर नआएकाले वित्तीय विवरण स्वीकृत तथा लेखापरीक्षण हुन नसकेको अवस्था छ । ती प्राविधिक कुरा भए । आ.व. २०७२/७३ सम्मको बीमाङ्कीय मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको छ । बीमाड्ढीको लागि सबै भारतको भर पर्नुपर्ने भएकाले अलिकति ढिलो भएको छ । भदौ भित्रमा उक्त अवधिको बीमाङ्कीय मूल्याङ्कनको काम सक्छौँ र स्वीकृतिका लागि बीमा समितिमा पठाउँछौँ ।

हालसम्मको सबै काम एकैपटक सकिसकेपछि मात्र स्वीकृति दिने भन्ने बीमा समितिको सोचका कारण पिरियडिकल्ली गर्न सकिरहेका छैनौँ । त्यसले गर्दा बाहिरबाट हेर्दा पहिले हामी जहाँ थियौँ त्यहीँ रहेको जस्तो देखिन्छ तर हाम्रो आन्तरिक काम धेरै भएको छ । बीमा समितिबाट स्वीकृति प्राप्त हुनासाथ धेरै वर्षको लेखा परीक्षण एकैचोटि सक्ने स्थिति छ । हामीले गरेका कामको बाटो फुकाइदिनुभयो भने नयाँ काम पनि हामी गर्दै जान्छौँ  । सकिएको काम पनि अगाडि बढाउन सक्ने अवस्था हुन्छ । त्यो मोडालिटीमा जाने कि भनेर हामी आन्तरिक छलफलमा छौँ ।

हामीकहाँ पब्लिक सेयर होल्डर नभएको हुनाले एजीएम गर्न हामीलाई समस्या हुँदैन । नेपाल सरकार, नेपाल राष्ट्र बैङ्क र नेपाल बैङ्क मात्र हाम्रा सेयर होल्डर भएको हुनाले स्वीकृति आउना साथ हामी एजीएम गर्न सक्छौँ ।

बीमाङ्कीय मूल्याङ्कन, लेखा परीक्षण र साधारण सभा एक आपसमा जोडिने विषय भएको हुनाले काम सम्पन्न गर्न केही कठिनाइ भएको छ । बीमाड्ढीय मूल्याड्ढन प्रतिवेदनको स्वीकृति आउनासाथ हामी लेखा परीक्षण सकेर साधारण सभा गर्न सक्र्छौं । हामीकहाँ पब्लिक सेयर होल्डर नभएको हुनाले एजीएम गर्न हामीलाई समस्या हुँदैन । नेपाल सरकार, नेपाल राष्ट्र बैङ्क र नेपाल बैङ्क मात्र हाम्रा सेयर होल्डर भएको हुनाले स्वीकृति आउना साथ हामी एजीएम गर्न सक्छौँ । त्यो गर्न सके राष्ट्रिय बीमा संस्थानको सकारात्मक मेसेज बाहिर जान्छ । त्यो नसक्दासम्म हामीले आन्तरिक रूपमा गरेको काम बाहिरबाट देखिने विषय भएन । त्यो हाम्रो समस्या हो । यो वर्षको प्रमुख काम नै लेखा परीक्षण सक्ने र साधारण सभा गर्ने रहेको छ ।

बीमा संस्थानका आगामी योजना के छन् ?

पहिलेको तुलनामा बीमा संस्थानले केही गति लिएकोे छ । झण्डै ५३ वर्ष भएको संस्थाको बजारमा जति हस्तक्षेपकारी अवस्था हुनुपथ्र्यो त्यो हामीले गर्न सकेनौँ । त्यसका विविध कारण रहेका छन् । अबका दिनमा त्यसलाई परिमार्जित गर्दै जाने योजनामा छौं । हिजोका दिनमा जम्मा आठवटा शाखा कार्यालय थिए । त्यसमा पनि विराटनगर शाखाबाट मात्र पोलिसी जारी गर्न सक्ने स्थिति थियो । अहिले हाम्रा १४ वटै शाखा कार्यालयबाट बीमा पोलिसी जारी हुन्छ । अलि सहज अवस्था आयो भने असोजभित्र १० वटा शाखा कार्यालय थप गर्ने तयारी गरेका छौँ । घरको लागि सूचना पनि जारी गरेका छौँ । कर्मचारीको अन्तर्वार्ता भई त्यसको नतिजा आइसकेको छ अब नियुक्ति दिने क्रममा छ । सम्भव भयो भने भदौको तेस्रो हप्ताभित्र नयाँ कर्मचारीलाई तालिम दिने र पोस्टिङ गर्ने योजना रहेको छ ।

सीधा अभिकर्ता टु अभिकर्ता हुने बिजनेसभन्दा ठूला–ठूला सङ्घ, संस्था, सरकारी, गैरसरकारी निजी क्षेत्रका कर्पोरेट हाउसका बिजनेस ठूलो भएको हुनाले संघ संस्थाहरुमा अलि धेरै अन्तक्र्रिया गर्ने, उहाँहरूको समस्या समाधान गर्ने र व्यवसाय बढाउदै जाने योजना बनाइरहेका छौँ ।

अभिकर्ताको सञ्जाल बनाइएन भने जीवन बीमा व्यवसाय फस्टाउन सक्दैन । हामी अभिकर्ताको सङ्ख्याको हिसाबमा निकै पछि छौँ । जम्मा सात हजार अभिकर्ताको सङ्ख्या हुनु भनेको लाजमर्दो नै हो । यसलाई विस्तार गर्नुपर्छ भन्ने हिसाबले अभिकर्ताको तालिम संचालन गर्ने र सङ्ख्या वृद्धि गर्ने योजना बनाएका छौँ । त्यस्तै यो वर्ष सबै शाखालाई प्रिमियम सङ्कलन, अभिकर्ताको तालिम र सङ्ख्या वृद्धि गर्न टार्गेट दिइसकेका छौँ । त्यसका आधारमा मूल्याङ्कन गर्ने परिपाटीको विकास पनि गरेका छौं । जसले गर्दा शाखा उत्साहित भएर काममा लाग्ने र हाम्रो व्यवसाय पनि विस्तार हुने स्थिति रहेको छ । त्यो हामीले थालेका छौं ।

हाम्रो संस्था पुरानो भएको हुनाले सफ्टवेयर पनि पुरानो नै छ । बीमितले आफ्नो व्यवसायको स्थिति के छ भनेर हेर्न चाहे भने हेर्न सक्ने स्थिति हाम्रोमा छैन । गत २०७५ साउन १ गतेबाट सुरु गरिएका कारोबारको जानकारी भने हामी एसएमएस मार्फत दिन सक्छौँ । पुरानो कारोबारलाई समेट्न पहिलो त्रैमासिकभित्र पुरानो डेटालाई माइग्रेसन गर्ने योजना हाम्रो छ । त्यसमा काम भइरहेको छ । त्यो माइग्रेसन सफल भयो भने हामी एउटा फड्को मार्न सक्छौँ । त्यसैगरेर दोस्रो त्रैमासिकमा अनलाइन मार्फत प्रिमियम तिर्नसक्ने र युजर आईडी लिएर कारोबारको स्टाटस हेर्न सक्ने व्यवस्था मिलाउन अघि बढेको स्थिति छ । हाम्रो कार्यविधि कतिपय पुराना भएका छन् त्यसलाई परिमार्जन गर्नुपर्ने र कति नयाँ कार्यविधिको निर्माण गर्नुपर्ने स्थिति छ । त्यो काम पनि हामीले अघि बढाइरहेका छौँ । अन्तक्र्रिया, गोष्ठी, पुनर्ताजगी तालिम पनि हामीले अलिकति रफ्तारमा लिएर जानुपर्छ । अहिले पनि टोटल बिजनेसको करिब ७० प्रतिशत ग्रुप इन्स्योरेन्स छ । सीधा अभिकर्ता टु अभिकर्ता हुने बिजनेसभन्दा ठूला–ठूला सङ्घ, संस्था, सरकारी, गैरसरकारी निजी क्षेत्रका कर्पोरेट हाउसका बिजनेस ठूलो भएको हुनाले संघ संस्थाहरुमा अलि धेरै अन्तक्र्रिया गर्ने, उहाँहरूको समस्या समाधान गर्ने र व्यवसाय बढाउदै जाने योजना बनाइरहेका छौँ । बजारमा अहिले टर्म लाइफ इन्स्योरेन्सको माग अत्यन्त छ । राष्ट्रिय बीमा संस्थानमा त्यो खालको प्रोडक्ड नरहेको हुनाले त्यो व्यवसाय सुरु गर्न बीमाड्ढीबाट प्राइसिङ लिइसकेका छौं । बीमा समितिमा स्वीकृति लिई तत्काल टर्म लाइफ पोलिसी हामी सुरु गर्छौ ।

ग्राहकले आफ्नो मोबाइलबाट कारोबारका बारेमा जानकारी हासिल गर्न सक्ने र बीमाशुल्क भुक्तानी गर्न सक्ने स्थिति बनाउन सक्यौँ भने बीमा संस्थानले अलिकति फड्को मारेको र बीमा बजारमा संस्थानको दरिलो उपस्थिति देखिन्छ ।

यो वर्ष अन्य दुई नयाँ प्रोडक्ट सुुरु गर्ने योजना हामीले बनाएका छौँ । त्यसको तयारीमा हामी छौँ । नयाँ प्रोडक्ट आइसकेपछि काम सहज तरिकाले अगाडि बढाउन मद्दत पुग्छ । हाम्रो व्यवसाय विस्तार गर्ने यी योजना भए । म आएकै दुई वर्षभन्दा बढी भयो । व्यवसायको हिसाबले विगतको तुलनामा हामीले करिब दुई गुणाले विकास गरिसकेका छौँ । त्यसलाई अझ वृद्धि गर्दै लैजाने योजना छ ।

हाम्रो डस बेस सफ्टवेयरेबाट रूपान्तरित हुँदै नयाँ वेबबेस सफ्टवेयरमार्फत सबै कारोबार गर्नसक्ने स्थिति बनाउने योजना छ । साथै ग्राहकले आफ्नो मोबाइलबाट कारोबारका बारेमा जानकारी हासिल गर्न सक्ने र बीमाशुल्क भुक्तानी गर्न सक्ने स्थिति बनाउन सक्यौँ भने बीमा संस्थानले अलिकति फड्को मारेको र बीमा बजारमा संस्थानको दरिलो उपस्थिति देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री