सिभिल बैंकको ‘प्रिमियम बचत खाता’ : वार्षिक ६ प्रतिशत ब्याजदर, इन्टरनेट बैंकिङदेखि एटीएमसम्म फ्रि

सिभिल बैंक लिमिटेडले सर्वाधिक ब्याजदर पाइने बचत खाता योजना ‘प्रिमियम बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

Advertisement

उक्त बचत खातामा बैंकले वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ । यस वचत खाताको न्युनतम मौज्दात १० हजार रहेको छ भने यस बचत खाता खोल्दा बैंकले ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ् सेवा पनि प्रदान गर्नेछ । यसको अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८.७५ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गर्दै आइरहेको छ ।

विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थामा अन्य वित्तीय संस्थाहरुद्वारा निक्षेपमा प्रदान गरिएको न्यून ब्याजदरको तुलनामा ग्राहकको मेहनतको कमाईलाई कदर गर्दै आकर्षक ब्याज प्रदान गरिएको कारणले ग्राहकहरु लाभान्वित हुने कुरा बैैंकले जनाएको छ । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा÷योजनाहरु प्रदान गर्दै जाने पनि बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री