बिहीबार, १५ चैत २०८०

नेपालमै पहिलो पटक दराजबाट सार्वजनिक भयो अपाचे RTR 160 4V सिंगल डिस्क

समयपोष्ट २०७७ साउन २१ गते १९:०३

Advertisement

टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले अपाचे RTR 160 4V को सिंगल डिस्क भेरियन्ट आज मंगलबार साउन २० गते दराज एप मार्फत सार्वजनिक गरेको छ । कम्पनीले यसअघि डबल डिस्कमा मात्रै बिक्री गर्दै आएको RTR 160 4V अब सिंगल डिस्कमा पनि उपलब्ध गराएको हो ।

जगदम्बा मोटर्स सधै आफ्ना ग्राहकलाई विभिन्न रेञ्जमा मोटरसाइकल उपलब्ध गराउन प्रतिबद्धता रहँदै आएको छ । यस्तोमा कम्पनीले नयाँ भेरियन्टमा RTR 160 4V लाई बजारमा उतारेको हो । नयाँ उत्पादनमा RTR 160 4V डबल डिस्क जस्तै सम्पूर्ण फिचरहरु उपलब्ध रहेको छ । सिंगल डिस्कमा पछाडि चक्कामा भने ड्रम ब्रेक दिइएको छ ।

दराजले चलाई रहेको ‘दराजले महाबचत योजना’ सकिए लगतै नयाँ RTR 160 4V सिंगल डिस्क सार्वजनिक गरिएको हो । नेपालमा नै पहिलो पटक कुनैपनि कम्पनीले आफ्ना उत्पादनको सुरुवात नै डिजिटल प्ल्याटफर्म मार्फत गरेको यो पहिलो पटक हो ।

‘हामीले दराजको महा बचत योजनामा RTR 160 4V को सिंगल डिस्क भेरियन्ट सार्वजनिक गरेका छौं । अहिले कोभिड १९ को कारण सामाजिक दुरी कायम गर्दै अगाडि बढ्नु पर्ने भएकाले यसको लञ्चिङ नै डिजिटल प्ल्याटफर्मबाट गर्न उचित हुने लागेर दराज मार्फत नै बिक्री सुरु गरेका हौं’, जगदम्बा माटर्सका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्रवालले भन्नु भयो ।

उहाँले दराजबाट RTR 160 4V  मोटरसाइकल किन्ने ग्राहकले नगद १४ हजार रुपैयाँ छुट पाउने जानकारी दिदै भन्नुभयो, ‘यसले ग्राहकलाई पनि फाइदा पुग्ने र अहिलेको समयमा ग्राहकले पनि घरमा नै बसेर आफ्नो लागि मोटरसाइकल किन्न सक्ने भएकाले दराजलाई उपयुक्त थलोको रुपमा छनोट गरेका हौ । दराजमा यो योजना ७ दिनको लागि रहने छ ।’

कम्पनीले साउन ८ गते सार्वजनिक गरेको नयाँ मूल्यसूचीमा नै आरटीआर १६० फोर भी सिंगल डिस्क भेरियन्टको मूल्य सार्वजनिक गरेको थियो । कम्पनीले यसको मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ तोकेको छ ।

–ग्राहकले पाउँछन् १४ हजार नगद छुट
–डबल डिस्कको तुलनामा १९ हजार कम मूल्य
–दराजमा ७ दिनसम्म छुटसहित किन्न पाइने
–सेग्मेन्टमा सर्वाधिक १६.५ पीएस पावर, १६० सीसी
–सर्वाधिक सफल मोडल
–सून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा कुद्ने

RTR 160 4V लाई दराज एप मार्फत खरिद गर्ने ग्राहकले नगद १४ हजार रुपैयाँ छुट पाउने छन् । मोटरसाइकलको छुटपछिको मूल्य २ लाख ५८ हजार ९०० रुपैयाँ हुने छ । तर, यसको आधिकारीक मूल्य भने २ लाख ७२ हजार ९०० रुपैयाँ रहेको छ ।

RTR 160 4V मा पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ । टीभीएसको रेसिङ डिएनएबाट प्रेरित रहेको RTR 160 4V ले आफ्नो विरासतलाई कायम राख्न सकेको छ । टीभीएस अपाचे आरटीआर १६० फोर भी ‘पावर टु वेट रेसियो’मा टप स्पीड ११३ किलोमिटर प्रति घण्टा रहेको छ । जसले आश्चर्यजनक रुपमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पुरा गर्छ ।

RTR 160 4V  मा रहेको १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ, आयल कुल्ड इन्जिन रहेको छ, उक्त इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ ।

यस मोटरसाइकलमा पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ । आकर्षक हेडल्याम्पको साथमा आएको यो मोटरसाइकलमा डेटाइम रनिङ लाइट उपलब्ध रहेको छ । यसलाई कम्पनीले तीन कलर अप्सनमा बजारमा उतारेको छ । जसमा मेटालिक व्ल्यू, रेसिङ रेड र काइनाइट व्ल्याक कलर रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री