शनिबार, १५ वैशाख २०८१

हुनेवाल बुहारीलाई ससुराले यस्तो हर्कत गरेपछि…

समयपोष्ट २०७६ भदौ १४ गते ८:४२

Advertisement

आफ्नै छोराले बिवाह गर्न लागेकी युवतीलाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हुनेवाला बुहारीलाई लागु पदार्थ सेवान गराई बलात्कार गर्न खोजेको आरोपमा ती पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

५६ वर्षका किमलाई ख्याँगी प्रान्तको योंगिन सडकबाट पक्राउ गरेको त्यहाँको प्रहरीले जनाएको छ । किमले आफ्नो छोरासँग बिवाह गर्ने इन्गेजमेन्ट गरिसकेकी ती युवतीलाई १५ अगस्ट मा ख्याँगी प्रान्तको पोछनमा रहेको घरमा बोलाएका थिए । किमले आफ्नै छोराको हुनेवाल श्रीमतीलाई लागुपदार्थ सेवन गराई बलात्कारको प्रयास गरेका थिए ।

पिडित युवतीका अनुसार किमले जरुरी कुरा गर्नु छ भनेर एकान्तमा बोलाएका थिए । त्यसपछि केहि देखाउनु छ भन्दै आँखा बन्द गर्न लगाएका थिए । आँखा बन्द गरेपछि मेथाम्फेटामाइनको सुई घोपेका थिए । त्यसपछि किमले हुनेवाल बुहारीलाई बलत्कारको प्रयास गरेका थिए ।

ती युवतीले तुरुन्त पुलिसलाई फोन गरेपछि किम कारमा भागेका थिए । पिडित युवतीले पुलिसमा बयान दिँदै भनिन् म किमको छोरासँग तीन वर्षदेखि सम्बन्धमा छु र उ सँग पारिवारिक कार्यक्रममा सहभागी भैरहन्थे जब मलाई किमले बोलाउनु भयो म केहि नसोचि गए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री