आइतबार, २३ वैशाख २०८१

मन्त्रीले गरे यौन दुर्व्यवहार, पिएले राखे यौन प्रस्ताव

समयपोष्ट २०७६ भदौ १३ गते १२:५४

Advertisement

सरकारको उच्च तहमा हुने यौन दुर्व्यवहारका घटनाले यतिवेला अफगानिस्तान तरंगित बनेको छ । महिलामाथि हुने यौन दुर्व्यवहारका घटना वृद्धि भइरहेको बताइरहेका वेला ती घटनामा सरकारी अधिकारी नै संलग्न रहेको विषयले युद्धको चपेटामा परेको देश तरंगित बनेको हो ।

मन्त्रीले गरे यौन दुर्व्यवहार

एक महिला कर्मचारीले आफूमाथि पूर्वमन्त्रीले बारम्बार यौन दुर्व्यवहार गरेको गुनासो गरेकी छिन् । यौन दुर्व्यवहारबारे प्रतिकार गर्दा पूर्वमन्त्री भौतिक आक्रमणमा उत्रेको उनको गुनासो छ । ‘उसले प्रत्यक्ष रूपमा यौन प्रस्ताव गर्यो । मजस्तो महिलालाई मन्त्रीजस्तो व्यक्तिले त्यस्तो प्रस्ताव गर्लान् भनेर सोचेकी पनि थिइनँ । उसको प्रस्ताव सुनेर भाग्न खोज्दा उसले मेरो हात समातेर आफ्नो कार्यकक्ष पछाडिको कोठामा लग्यो।’

मन्त्रीको दुर्व्यवहारपछि उनले भोलिपल्टै पदबाट राजीनामा दिएकी थिइन् । तर, मन्त्रीविरुद्ध उजुरी दिन सकिनन् । ‘दुर्व्यवहारका घटना सार्वजनिक गर्दा सबैजनाले पीडितलाई नै दोषी मान्छन्,’ उनी भन्छिन् । उनका अनुसार ती मन्त्रीले अन्य दुईजना महिला कर्मचारीलाई पनि दुर्व्यवहार गरेका थिए ।

Advertisement

जागिर, यौन-प्रस्ताव

एक महिलाले सरकारी जागिरका लागि निवेदन दिएकी थिइन् । उनलाई अफगानिस्तानका राष्ट्रपति असरफ घानीका सहयोगीले नै यौन–प्रस्ताव गरेका थिए । ‘मलाई आफ्नो निजी कार्यालयमा आउन अनुरोध गर्यो । ऊ मनजिकै आएर सेक्स र ड्रिंक गर्न प्रस्ताव गर्यो । उसको प्रस्ताव स्विकारे रोजगारी निश्चित थियो,’ उनले भनिन् ।

उनले अगाडि भनिन्, ‘मसँग दुई विकल्प थिए– प्रस्ताव स्विकार्ने वा छाड्ने । मैले स्विकारेको भए एकभन्दा बढी व्यक्तिले यौन–प्रस्ताव गर्थे । उनको प्रस्तावले त्रसित बनेर कोठाबाट कुलेलम ठोकेँ ।’ उनी भन्छिन्, ‘आफूमाथि भएको दुर्व्यवहारबारे न्यायाधीश, प्रहरी र अभियोजनकर्तालाई गुनासो गर्दा उल्टै उनीहरूले यौन–प्रस्ताव राख्छन् । उच्च तहका व्यक्तिले यौन–प्रस्ताव गर्नु एउटा संस्कृति नै बनेको छ ।’

खराब राष्ट्र

महिलाका लागि अफगानिस्तान विश्वमै सबैभन्दा खराब राष्ट्रको सूचीमा पर्छ । सन् २०१८ मा राष्ट्रसंघले सार्वजनिक गरेको एक प्रतिवेदनमा महिलामाथि चरम यौन दुव्र्यवहार हुने गरेको र त्यस्ता दुर्व्यवहारका उजुरी फिर्ता गर्न पीडितलाई बाध्य पारिएको उल्लेख छ । महिलाहरूले उजुरी गर्दा कतिपय अवस्थामा उनीहरूलाई नै दोषी ठहर गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री