उर्लावारी र ईनरुवामा गरिमा विकास बैंकको एटिएम सहित शाखा कार्यालय
गरिमा विकास बैंक लिमिटेडले मोरङ नगरपालिका वडा नं ७ इटहरा रोड स्थित उर्लावारी र ईनरुवा नगरपालिका वडा नं १ भगवतीमन्दिर रोड स्थित ईनरुवा शाखा कार्यालय तथा एटिएम समेतको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ ।
बिहिवार उक्त शाखा कार्यालयको उद्घाटन मोरङ नगरपालिका प्रमुख खड्ग वहादुर फागो र ईनरुवा न.पा. वडा नं.१ भगवतीमन्दिर रोड स्थित ईनरुवा शाखा कार्यालय तथा एटिएमको ईनरुवा नगरपालिका प्रमुख राजन मेहतावाट ताम्रपत्र अनावरण गरि क्रमश दूई शाखा कार्यालयहरुको समुद्घाटन भयो ।
कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संस्था सक्षम र अब्बल बन्नको लागि उत्कृष्ट सेवा प्रवाह संगसंगै संस्थागत सुशासन समेत महत्वपूर्ण रहने हुंदा विकास बैंकले सेवा प्रवाह संगसंगै संस्थागत सुशासनमा समेत सदैव महत्व दिईरहेको बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विकास बैंकले ग्राहकहरुको चाहना र आवश्यकतामा भएको परिवर्तन संगसंगै आफ्नो सेवा, सुविधा र प्रविधिलाई समयानुसार परिमार्जन गर्दै उत्कृष्ट वित्तीय सेवा प्रवाहमा सदैव प्रतिबद्ध रहेकोे जानकारी दिए ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखाहरु सहित देशभर ८० शाखाहरु र ३५ वटा एटीएमहरु संचालनमा छन । विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न १५ स्थानमा शाखा कार्यालय स्थापना गर्दैछ । विकास बैंकले २०७६ भाद्र १२ गतेसम्ममा रु.३४ अर्ब निक्षेप संकलन गरी रु.२९ अर्ब कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया