शनिबार, ८ वैशाख २०८१

नेपाल लाईफ इन्स्योरेन्स र सेञ्चुरी कमर्सियल बैंकको बोनस सूचीकृत

समयपोष्ट २०७६ भदौ ११ गते १२:१४

Advertisement

नेपाल स्टक एक्सचेञ्जमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी र सेञ्चुरी कमर्सियल बैंकको बोनस सूचीकृत भएको छ।

नेप्सेका अनुसार नेपाल लाईफको एक करोड ९ लाख ९२ हजार ३२१ दशमलव ६२ कित्ता बोनस र सेञ्चुरी कर्मसियल बैंकको १६ लाख ५० हजार ९२ दशमलव ४७ कित्ता बोनस मंगलबार सूचीकृत भएको हो।

नेपाल लाईफले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट प्रस्ताव गरेको २५ प्रतिशत बोनस र २३.५० प्रतिशत नगद गरि कूल ४८.५० प्रतिशत लाभांश गत जेठ ४ गते सम्पन्न १९ ओं वार्षिक साधारण सभाबाट पारित गरेको थियो।

यस्तै सेञ्चुरी बैंकको बैशाख १२ गते सम्पन्न आठौं वार्षिक साधारण सभाले २ प्रतिशत बोनस शेयर र ४.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री