शुक्रबार, १६ चैत २०८०

एनआइसी एशिया बैंकले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७६ भदौ ११ गते १२:०३

Advertisement

एनआइसी एशिया बैंकले गत आर्थिक वर्ष आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंक सञ्चालक समितिको भदौ ११ गते बुधबार सम्पन्न बैठकले १० प्रतिशत बोनर र बोनसमा लाग्ने कर सहित ११.०५२६ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको २२ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो।

बैंक सञ्चालक समितिको ४१८ औं बैठकले बैंकको चुक्ता पूँजी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार ६९८ रुपैयाँबाट ८८ करोड ३४ लाख २२ हजार ८७० रुपैयाँको बोनस र ९७ करोड ६४ लाख १४ हजार ७५१ रुपैयाँ नगद लाभांश गरि कूल एक अर्ब ८५ करोड ३७ हजार ६२१ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

गत आवमा बैंकको शेयरधनीकोषमा (बाँड्न मिल्ने रकम) दुई अर्ब २५ करोड ११ लाख रहेकोमा गत आवको मुनाफाबाट बैंकले शेयरधनीलाई एक अर्ब ८५ करोड ३७ हजार ६२१ रुपैयाँ बराबरको लाभांश वितरण गर्न प्रस्ताव गरेको हो।

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासम्मामा दुई अर्ब १५ करोड २८ लाख ५७ हजार रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको थियो। यस्तै बैंकले बढाएर तीन अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री