शिखर इन्सुरेन्सले ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने
समयपोष्ट
२०७६ साउन ८ गते १२:०४
	

शिखर इन्सुरेन्सले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सो हकप्रद पारित गर्न प्रवन्धपत्रमा संसोधन गर्ने भनेको छ । सोको लागि साउन २८ गतेलाई साधारणसभा बोलाएको छ । सोही सभामा कम्पनीले ३० प्रतिशत हकप्रद निष्काशनको बिशेष प्रस्ताव लैजाने छ ।
कमपनीको हालको चुक्ता पुँजी एक अर्ब ५ करोड रुपैयाँ छ भने हकप्रद निष्काशनपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ३७ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले सञ्चालक समिति सात जन रहनेगरी प्रवन्धपत्र पनि संसोधन गर्ने जनाएको छ ।
साधारणसभा प्रयोजनका लागि साउन १५ गतेदेखि साधाण सभा नभएसम्मका लागि बुक क्लोज हुनेछ । 
 



























 
	
प्रतिक्रिया