आइतबार, ११ साउन २०८२

कास्कीको पुरन्चौरमा कामना सेवाकोे ९७ औं शाखा

समयपोष्ट २०७६ साउन ६ गते २०:३३

कामना सेवा विकास बैंक लिमिटेडले पोखरा महानगरपालिका वडा नं. १९ स्थित पुरन्चौरमा आफ्नो ९७औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उक्त शाखाको कारोबार शुभारम्भ गरे । कार्यक्रममा बैंकका संचालक चतुराखर अधिकारी, देव कृष्ण काफ्ले, बलराम बराल तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज वास्तोला लगायत स्थानीयवासीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको जानकारी गराइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री