बुधबार, १२ वैशाख २०८१

गुराँस लाइफको दोस्रो पटक संस्थापक शेयरको लिलामी खुल्यो

समयपोष्ट २०७६ साउन ३ गते १२:४९

Advertisement

गुराँस लाइफ इन्स्योरेन्सले हकप्रदमा नबिकेको शेयर लिलामीमा राखेको छ। कम्पनीले पहिलो पटक लिलामी निकाल्दा बिक्री नभएका ९० हजार ५७१ कित्ता संस्थापक हकप्रद शेयर शुक्रबारदेखि दोस्रो पटक लिलामीमा राखेको हो ।

कम्पनीले गत चैत २८ देखि जेठ २८ गतेसम्म २ बराबर १ शेयरको अनुपातमा २९ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

कम्पनीले चुक्ता पूँजी बढाउन जारी गरेको ५० प्रतिशत हकप्रद शेयर संस्थापकहरूले नै खरीद नगरेपछि लिलामीमा निकाल्नु परेको छ ।

कम्पनीको शेयरमा बोलकबोल आवेदन दिँदा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने छ । लिलामी शेयरमा लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्फत साउन १० गतेसम्म आवेदन गर्न सक्नेछन ।

कम्पनीको बोनस शेयर र हकप्रद शेयर लिलामी बिक्रीपछि चुक्ता पूँजी ९३ करोड ८५ लाख रूपैयाँ पुग्नेछ। बीमा समितिले तोकेको चुक्ता पूँजी पुर्याउन कम्पनीलाई अझै एक अर्ब ६ करोड रूपैयाँ जोहो गनुपर्ने आवश्यकता छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री