बिहीबार, १५ चैत २०८०

साताको अन्तिम दिन शेयर बजारमा गिरावट,सूचक १.६३ अंकले घटेर १६३५.७५ अंकमा

समयपोष्ट २०७४ साउन ५ गते १०:१६

साताको अन्तिम दिन शेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक १.६३ अंकले घटेर १६३५.७५ अंकमा ओर्लिएको छ। बिहिवार १५५ कम्पनीको ९६ करोड रुपैयाँको सेयर कारोबार भयो भने कुल १७ लाख ६२ हजार कित्ता शेयर किनबेच भयो । 
बिहिवार सबैभन्दा बढि नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको छ करोड १४ लाख र नेको इन्स्योरेन्स कम्पनीको ५ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ। 
यस दिन चार समुहको उपसूचक बढेको छ भने चारमा गिरावट देखिएको छ। 
फाइनान्स १.२८, बिमा ७७.४, उत्पादनमुलक १३.४७, अन्य ०.०८ अंकले बढेको छ भने बैकिङ ५.४४, होटल १६.४४, विकास बैंक ३.८९,जलबिद्युत ११.३१ अंकले बृद्धि भएको छ । आज सबैभन्दा बढी हाम्रो बिकास बैंकका शेयरधनीले करिब १० प्रतिशत कमाए भने सबैभन्दा बढि सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका शेयरधनीले करिब सात प्रतिशत गुमाए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री