बिहीबार, १५ चैत २०८०

एक एक घटना सम्झदै दीपिकाले खोलिन् रणवीरसँग ब्रेकअप हुनुको कारण

समयपोष्ट २०७५ साउन १० गते १०:०९

कुनैबेला बलिउडको चर्चित र राम्रो जोडीको रुपमा रहेको रणवीर कपुर–दीपिका पादुकोणको केही वर्ष पहिले ब्रेकअप भएर
अलग भैसकेका छन् । तर यो ब्रेकअपमा को जिम्मेवार थियो भन्ने बारे दीपिकाले एक अन्तर्वार्तामा जानकारी दिएकी छिन् । हुन त दीपिकाले रणबीरको नाम नलिइकनै आफ्नो सम्बन्ध टुट्नुको पीडाबारे कुराकानी गरेकी छिन् । यद्यपी, भारतका विभिन्न मिडियाले दीपिकाले पूर्व प्रेमी भनेर रणबीरबारे नै कुरा गरिरहेको दाबी गरेका छन् ।

Advertisement

भर्भ म्यागजिनसँगको अन्तर्वार्तामा दीपिकाले भनिन्, ‘मैले उनलाई रंगेहात समातेको थियो । त्यति नै बेला सबै भावनालाई बिर्सिएर उनीसँग अलग्गिने निर्णय गरें ।’

‘मेरा लागि कसैसँग नजिकिनु भएको यौनसम्बन्ध स्थापित गर्नु मात्र होइन । यसका लागि तपाईंको भावनासमेत जोडिन आवश्यक छ । म यस्तै सोच्छु, सबैको सोच यस्तै हुनुपर्छ भन्ने छैन ।’

सम्बन्धमा रहँदासमेत आफूलाई धेरैले सम्झाएको दीपिका बताउँछिन् । उनी भन्छिन्, ‘जब म सम्बन्धमा थिएँ तब धेरै मानिसहरुले मलाई उसले धोका दिइरहेको छ भनेर सम्झाए । म आफैंलाई पनि यो कुरा थाहा थियो । उसले सम्बन्धका लागि मसँग भीख मागेकाले मैले दोस्रो मौका दिएँ । तरपनि म उसलाई एक दिन रंगेहात समातें ।’

सम्बन्धमा रहँदा आफूले कहिले पनि कसैलाई धोका नदिएको उनी बताउँछिन् । ‘मैले कहिले पनि सम्बन्धमा रहँदा धोका दिइनँ । यस्तो गर्नुको साटो म सिंगल नै भएको ठिक छ ।’

दीपिका थप्छिन्, ‘जब उनले मलाई पहिलो पटक धोका दिए तब हाम्रो सम्बन्धमा कुनै पनि कुरा सही छैन भन्ने लागेको थियो तर पनि मैले दोस्रो मौका दिएँ । तर जब धोका दिनु कसैको बानी छ भने तपाईंले सम्बन्धमा सबैकुरा दिएपछि पनि हार्नुहुन्छ । मैले सम्बन्धमा हुँदा सबैकुरा दिएँ तर केही कुराको अपेक्षा गरिनँ ।’

‘तर विश्वास टुटेपटि तपाईं पूर्ण रुपमा आफ्नो अगाडि भएका व्यक्तिप्रतिको भावना गुमाउनुहुन्छ । ब्रेकअप पछि म थुप्रै दिनसम्म रोइरहें । समयसँगै म ठिक हुँदै गएँ र जीवनमा अगाडि बढें, ’ उनले भनिन् ।

स्मरण रहोस्, दीपिका पादुकोण र रणबीर कपुर सन् २००७ मा रिलिज भएको बचना ए हसिनो फिल्मका बेला नजिकिएका थिए । रिपोर्ट अनुसार दीपिकाले रणबीरको नामको ट्याटु पनि बनाएकी थिइन् । आजकाल दीपिका पादुकोण रणवीर सिंहसग डेट गरिरहेकी छिन् । यी जोडी चाडै विवाहमा पनि बाधिन सक्छन् । यता रणवीर कपुर भने आलिया भट्ट लाई डेट गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री