बिहीबार, १५ चैत २०८०

उत्कृष्ट प्रहरीलाई पुरस्कृत गर्न सिटिजन्स बैंकले गर्यो सात लाख २० हजार सहयोग

समयपोष्ट २०७५ साउन ९ गते २:५०

सिटिजन्स बैंक इन्टरनेसनलले महानगरीय प्रहरी परिसर, ललितपुरलाई सात लाख २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

Advertisement

महानगरीय प्रहरी परिसर, ललितपुरमा आयोजित एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले सात लाख बीस हजार रुपैयाँको चेक महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक गणेश बहादुर ऐरलाई हस्तान्तरण गरे।

हरेक महिनाको पहिलो हप्ता “ललितपुरमा महिनाको उत्कृष्ट प्रहरी” कार्यक्रम संचालनका लागि बैंकले हरेक महिना तीन विधामा अपराध अनुसन्धान तथा कारबाही, प्रहरी परिचालन तथा शान्ति सुरक्षा व्यवस्थापन र जनमैत्री सामाजिक सचेतनामुलक कार्यक्रम अन्तर्गत पुरस्कृत हुने १/१ जना प्रहरी कर्मचारीलाई जनही २० हजार रुपैयाँको दरले एक वर्षकालागि सात लाख २० हजार रुपैयाँ सहयोग गरेको छ।

यसै कार्यक्रम अन्तर्गत असार महिनाको ३ उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई सोमबार एक कार्यक्रम बिच पुरस्कृत गरिएको छ। पुरस्कृत हुनेहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले जनही २० हजार रुपैयाँ नगद पुरस्कार र परिसर प्रहरी प्रमुख ऐरले प्रशंसा पत्र प्रदान गरे। सो अवसरमा प्रमुख कार्यकारी अधिकृत भण्डारीले सम्झौताबाट बैंक र प्रहरीबीच सहकार्य र प्रहरी मेरो साथीको भावना वृद्धि हुने विश्वास व्यक्त गरे। कर्मचारीहरुलाई अझ वढी जिम्मेवार तथा काम प्रति उत्तरदायी बनाउन उच्च मूल्यांकन र पुरस्कृत गर्ने लक्ष्य राखिएको परिसरका प्रमुख ऐरले बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री