नेपाली काँग्रेसका नेता एवंम पूर्व स्वास्थ्यमन्त्री गगन थापाले चिकित्सा शिक्षा विधेयक पारित गराउन खोजे प्रतिकारमा उत्रने चेतावनी दिएका छन् । आर्इतबार संघीय संसद भवन परिसरमा संचारकर्मीसंग कुरा गर्दै आफूहरुले संसदमा दर्ता गराएको विरोधको सूचनालाई बेवास्ता गरी संख्याका आडमा पारित गराउन खोजे प्रतिकार गरिने चेतावनी दिएका हुन् ।
उनले सरकारले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संविधानको मर्म र देशको आवश्यक्तालाई सम्बोधन हुने गरी नआएको दावी गरे । थापाले विधेयकलाई पारित गराउने सरकारको रवैया रहेकोे उल्लेख गर्दै त्यसलाई स्विकार गर्ने पक्षमा आफूहरु नरहेको प्रष्ट पारे ।
काँग्रेस नेता थापाले उच्चस्तरीय आयोगमार्फत् वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्ने सरकारको भनाईमा आफूहरु विश्वास गर्ने पक्षमा नरहेको पनि बताए ।
उनले आयोग बनाएर मुलुकको कुनै पनि समस्या समाधान नभएकोतर्फ सरकारको गम्भिर ध्यानाकर्षण पनि गराए ।







प्रतिक्रिया