शुक्रबार, १६ चैत २०८०

कम्युनिस्टलाई मार्क्सवाद पढाउँदै कांग्रेस नेता

समयपोष्ट २०७५ असार ३१ गते १:४०

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा मसालका नेता-कार्यकर्ता अहिले माक्र्सवाद सिक्न व्यस्त छन् । कम्युनिस्ट नेता–कार्यकर्तालाई माक्र्सवादबारे प्रशिक्षण दिन माक्र्सवादको ज्ञान भएका बिद्धानहरु देश दौडाहमा निस्किएका छन् ।

Advertisement

आजको नयाँ पत्रिकामा खबर छ,रोचक पक्ष त यो छ कि, कम्युनिस्ट कार्यकर्तालाई माक्र्सवाद सिकाउने एकजना गुरु भने कांग्रेस नेता छन् । उनी हुन्, प्रदीप गिरी । माक्र्सवादबारे ज्ञानको भण्डार मानिने गिरीले १५ वैशाखमा झापामा कम्युनिस्ट कार्यकर्तालाई प्रशिक्षण दिए । १० हजार युवालाई माक्र्सवाद पढाउने लक्ष्यसहित झापाबाट सुरु भएको यो अभियानमा गिरीसँगै मोहनविक्रम सिंह, राम कार्की, हरि रोकालगायत प्रशिक्षक छन् ।

२१ र २२ वैशाखमा काभ्रेको धुलिखेलमा भएको प्रशिक्षणमा पनि गिरि प्रशिक्षकका रूपमा उपस्थित थिए । यो प्रशिक्षणमा मोहनविक्रम सिंह, चैतन्य मिश्र, पीताम्बर शर्मालगायतले पनि प्रशिक्षण दिए । २२ असारमा नेपालगन्जमा भएको प्रदेशस्तरको पहिलो माक्र्सवादी प्रशिक्षणमा पनि घनश्याम भुसाल, राम कार्की, गणेश शाहसँगै प्रदीप गिरि पनि प्रशिक्षण दिन पुगेका थिए ।

आफूहरूलाई प्रशिक्षण दिन कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरी उपस्थित भएपछि कम्युनिस्ट कार्यकर्ता आश्चर्यमा पर्ने गरेका छन् । तर, गिरीको प्रशिक्षण सुन्दै गएपछि सबै प्रभावित भएको नेकपा मसालका नेता समीर सिंहले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री