बाढीले रसुवामा ५ टहरा र रसुवागढी हाइड्रोको दुई वटा पिकअप बगायो
नेपाल चीनको सिमानामा अवस्थित ल्हेन्दे खोलामा गए राति पुनः आएको बाढीले गोसाइँकुण्ड गाउँपालिका–५ स्थित ५ वटा टहरा बगाएको छ ।
रसुवागढी भन्सार यार्डको धर्ककाँटा पनि बाढीले बगाएको प्रहरीले जनाएको छ । ल्हेन्दे र केरुङ मिसिएपछिको भोटेकोशीले गोसाइँकुण्ड गाउँपालिका स्थित तातोपानी डाँडामा कटान गर्दा पासाङ ल्हामु सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
रसुवागढी हाइड्रोपावरको आवासीय क्याम्पमा असार २४ को बाढीले पुरेको बा.१२ च ४ नम्बरको फोर्स रेन्जर र बा.१० च ९३४० नम्बरको फोर्स रेन्जर पिकअप बगाएको छ । हाइड्रोपावरमा जाने फलामे पुल पनि बाढीले बगाएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित पासाङ ल्हामु सडक खण्डको १५ मिटर बाटो नदीले कटान गरेर मोटरसाईकल मात्र जाने अवस्थामा छ ।
सो ठाउँमा सडकमा एउटा बिजुलीको पोल ढलेको रसुवा प्रहरीले जनाएको छ । फेन्लुङमा ५ मिटर सड्क खोलाले कटान गरेको र सो ठाउँमा साना गाडीमात्र पास हुने अवस्था रहेको छ ।
प्रतिक्रिया