शनिबार, १ कार्तिक २०८२

एनएमबि बैंकद्धारा माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

समयपोष्ट २०८२ साउन १३ गते १३:०६

Advertisement

एनएमबि बैंक तथा मन्दाकिनी हाइड्रोपावरबीच २.९ मेगावाट क्षमताको कास्कीको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित यस आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी रहेको छ।

करिब ६६ करोड १८ लाख ९४ हजार लागतको उक्त आयोजनामा बैंकको ऋण लगानी ४६ करोड ३३ लाख २५ हजार रहनेछ।

मन्दाकिनी हाइड्रोपावरद्वारा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकामा प्रवर्द्धित ४ मेगावाट क्षमता रहेको सार्दी खोला जलविद्युत आयोजनाले विसं २०७४ साल मंसिर २३ गतेदेखि व्यावसायिक उत्पादन गरिरहेको छ।

Advertisement

उक्त आयोजनामा समेत एनएमबि बैंकको अगुवाइमा सहवित्तीयकरणअन्तर्गत ऋण लगानी भइरहेको बैंकले जनाएको छ।

एनएमबि बैंकले देशभर रहेका आफ्ना २०२ शाखा कार्यालय, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री