विश्वकपको भविष्यवाणी गर्ने विरालोको हत्या !

रसिया विश्वकप फुटबल प्रतियोगितामा सफल भविष्यवाणी गरेर चर्चामा आएको बिरालोको हत्या गरिएको आश‌ंका गरिएको छ । विरोलाले अन्तिमपटक अर्जेन्टिना र नाइजेरियाबीचको खेल भविष्यवाणी गरेको थियो । त्यो भविष्यवाणीको दुई सातापछि उसको निधन भएको थियो ।

समूह चरणमा प्रायः सवै खेलका भविष्णवाणी मिलाएर चर्चित बनेको खैरौ बिरालोको निधन भएपछि रसियन प्रहरीले त्यसको अनुसन्धान गर्ने जनाएको छ ।खेल हुनु एक दिनअघि बिरालोको अगाडि दुई वटा कचौरा राखिन्थ्यो ।

Advertisement

दुवै कचौरा अगाडि झन्डा पनि हुन्थ्यो । कचौरामा केही खानेकुरा पनि हुन्थ्यो । बिरालोले जुन कचौराको खाना खान्थ्यो, खेलमा जित त्यसैको हुने गरेको थियो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री