‘सञ्जु’हेरेपछि मनिषाकी आमा सुश्मा कोइरालाले फोन गरेर छोरीलार्इ के भनिन् ?

सञ्जय दक्तको बायोपिकमा आधारित फिल्म ‘सञ्जु’ले बक्स अफिसमा धमाका मच्चारहेको छ । संजय दत्तको भूमिकामा रहेका अभिनेता रणबीर कपुरको कामले निकै चर्चा कमार्इरहेको छ । हुबहु संजय दत्तलाई पर्दामा उतार्न सकेको भन्दै रणबीरको चौतर्फी तारिफ भइरहेको छ ।

फिल्ममा संजय दत्तकी आमा नरगिसको भूमिका नायिका मनिषा कोइरालाले निभाएकी छिन् । कोइरालाकी आमा सुश्मा कोइरालाले त मनिषालाई फोन गरेर रणबीरको कामको तारिफ गर्न ऋषि कपुरको फोन नम्बरसमेत लिइन् ।

Advertisement

भारतीय समाचार माध्यमसँग कुरा गर्दै मनिषाले भनिन्, ‘मेरी आमाले मलाई नेपालबाट फोन गरेर ममाथि र फिल्ममाथि गर्व भएको बताउनुभयो । यतिमात्र होइन उहाँले रणबीरले निकै राम्रो काम गरेको भन्नका लागि ऋषि कपुरजीको नम्बर पनि माग्नुभयो । उहाँ संजय दत्तसँग पनि कुरा गर्न चाहनुहुन्छ तर उनी र मान्यता देशभित्र छैनन् ।’

फिल्ममा मनिषाको कामको पनि निकै चर्चा भइरहेको छ । ऋषि कपुर, रेखा र विद्या बालनले मनिषालाई फोन गरेर शुभकामना दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री