बुधबार, १२ कार्तिक २०८२

क्युआरमा भ्वाइस बक्स प्रविधि ल्याउँने नेपालकै पहिलो बैंक बन्यो माछापुच्छ्रे

समयपोष्ट २०८० साउन ५ गते २१:१२

Advertisement

माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पल्ट क्युआर प्रणालीमा भ्वाइस बक्स (इन्ष्ट्याण्ट पेमेण्ट नोटिफिकेसन)प्रविधिको नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग लगायत यस बैंकका अन्य केही स्थानहरुबाट शुभारम्भ गरेको छ ।

यससंगै यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक नेपालमै पहिलो बैंक भएको छ ।

मंगलबारबाट क्युआरमा भ्वाइस बक्स जडान गरि बैंकले यो नविनतम प्रविधिको सुरुवात गरेको जनाएको छ । अब माछापुच्छ्रे बैंकका क्युआर मर्चेन्टहरुले क्युआर मार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी एसएमएस सँगसँगै ध्वनीमार्फत हुने जानकारी बैंकले दिएको छ ।

बैंकले उक्त सेवा प्रारम्भभएसंगै सेवाग्राही तथा मर्चेन्टहरुमाझ क्युआर प्रति लोकप्रियता एवम् विश्वसनियता अझ बढ्ने साथै भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने अपेक्षा लिएको जनाएको छ ।

Advertisement

उक्त सुविधाबाट हजारौ साना तथा मझौला क्युआर मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने बैंकको विश्वास छ । यसलेको प्रयोगले ग्राहक र मर्चेन्टहरु बिच देखिएका केही भुक्तानी सम्बन्धी विवाद निराकरण हुने विश्वास समेत बैंकले लिएको छ ।

हाल उक्त सेवा नेपाल पे क्युआर का मर्चेन्टहरुमा उपलब्ध रहेको र छिटै अन्य नेटवर्कमा पनि जडान गरिने बैंकले जनाएको छ ।

यस बाहेक फरक फरक माध्यमहरु मार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन बैंक सधैं तत्पर रहेको समेत बैंकले उल्लेख गरेको छ । बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिदैं पहिलो डिजिटल “स्मार्ट बैंक” को रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढिरहेको जनाएको छ ।

हरेक क्षेत्र र वर्गकाग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री