सोमबार, २४ वैशाख २०८१

भारतमा पहिलोपटक नेपालबाट छड निर्यात

समयपोष्ट २०७९ साउन ४ गते १४:१४

Advertisement

नेपालबाट भारतमा छड निर्यात हुन थालेको छ ।

भैरहवामा रहेको श्रीस्टिलले बुधबार बेलहिया नाका हुँदै पहिलो पटक भारतमा स्टिल (छड) पठाउन लागेको हो ।

श्रीस्टिलका सञ्चालक राजेश अग्रवालकाले आज भारतको नौतुनुवामा कम्पनीको करिब २५ लाख रुपैयाँ बराबरको एक ट्रक स्टिल निकासी गर्न लागेको बताए ।

यससंगै अग्रवालले नेपालबाट पनि स्टिल निकासी हुन्छ भन्ने सन्देश जाने बताए ।

Advertisement

अग्रवालका अनुसार नेपाललले निर्यात गर्ने स्टिलको मूल्य भारतीय बजारसँग प्रतिस्पर्धी मूल्य प्रतिकिलो ६० रुपैयाँ भारु रहेको छ ।

अग्रवालले सरकारले निर्यातमा ८ प्रतिशत अनुदान दिने घोषणा गरेसंगै निर्यात सुरु भएको बताए । अहिले प्रक्रिया पूरा गरेर बस्ने, कार्यविधि आएपछि निकासीले केही आकार लिने उनको भनाई छ ।

भारतीय बजारमा नेपाली स्टिलले मूल्यमा मात्रै प्रतिस्पर्धा गर्नु पर्ने पनि उनले बताए । गुणस्तरमा अब्बल भएकाले अन्य समस्या नभएको अग्रवालको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री