शनिबार, २९ वैशाख २०८१

कान्तिपुर टेलिभिजनले साधारण सेयर जारी गर्ने

समयपोष्ट २०७९ असार ३१ गते ११:३७

Advertisement

कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले साधारण सेयर जारी गर्ने भएको छ ।

कान्तिपुर टेलिभिजन २० औं वर्ष प्रवेशका अवसरमा बिहीबार आयोजित कार्यक्रममा कम्पनीले आईपिओ निष्काशनको लागि बिक्री प्रबन्धक चयन गरेको छ ।

कम्पनीले सानिमा क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो । सम्झौतामा कम्पनीको तर्फबाट अध्यक्ष कैलाश सिरोहिया र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरेका छन्। सम्झौता गर्दै अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले छिट्टै आईपीओ जारी हुने बताएका छन्।

कान्तिपुर टेलिभिजनले १०० रुपैयाँ अंकित दरका ७ करोड ५० लाख बराबरले हुन आउने ७ लाख ५० हजार कित्ता शेयर सर्बसाधारणमा निष्काशन गर्न लागेको हो । अध्यक्ष सिरोहियाले आफुहरुले १९ वर्षसम्म मेहनत गरेर दर्शकको विश्वास जितेको र अब यो सफलतामा सर्वसाधारण लगानीकर्तासँग साझेदारी गर्न टेलिभिजनलाई पब्लिक लिमिटेड बनाएर शेयर निष्काशनको तयारीमा जुटेको बताए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री