आइतबार, ६ जेठ २०८१

आज पनि घटेर बन्द भयो सेयर बजार

समयपोष्ट २०७९ असार २१ गते १६:२७

Advertisement

सोमबार करिब १० अंकले घटेको सेयर बजार सूचक नेप्से आज पनि घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ४६.०८ अंक घटेर २०३०.५९ विन्दुमा झरेको छ।

यस्तै सेन्सेटिभ फ्लोट इण्डेक्स ८.७१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२५ अंक घटेको छ। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन २२९ स्टकको ४९ हजार ४१६ पटकको कारोबारमा २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार रुपैयाँ बराबरको ८६ लाख १३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सिवाईसी लघुवित्त र ङादी ग्रुप पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, आज आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने स्वाभिमान लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

घलेम्दी हाइड्रोपावरका शेयरमूल्य सर्वाधिक ६.६० प्रतिशत घटेको छ। त्यसैगरी, दिव्यश्वरी हाइड्रोपावर, अजोड इन्स्योरेन्स, सिईडिबी हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, जोशी हाइड्रोपावर र नेपाल फाइनान्सको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी घटेका छन्।

Advertisement

कारोबार रकमका आधारमा आज सानिमा बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३० करोडभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ। त्यसैगरी, आज अरुण काबेली हाइड्रोपावर, शिवम् सिमेन्ट्स, र हिमालयन डिष्टिलरीको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री