सोमबार, ५ साउन २०८२

राज कुन्द्राको अफिसबाट प्रहरीले फेला पार्‍यो १२० अश्लिल फिल्म

समयपोष्ट २०७८ साउन १३ गते २०:३०

मुम्बई अपराध शाखाले शिल्पा शेट्टीका पति तथा भारतीय व्यवसायी राज कुन्द्राको अन्धेरीस्थित अफिसबाट १२० वटा अश्लिल फिल्म रिकभर गरेको छ । फेब्रअरीमा प्रहरीले यो मामिलाको पर्दाफास गरेपछि राज कुन्द्राले योजना बी अनुसार फिल्म तयार गरेका थिए ।

राजले एप्सको नाम पनि सोचेका थिए । उनले उक्त एप्सको काम पनि सुरु गरेका प्रहरीले जनाएको छ । उक्त समयमा पुराना डाटाहरु डिलिट गरिएको थियो । यो फिल्मबाट राजको ग्रुपले राम्रो आम्दानी गरिरहेको थियो त्यसैले उनीहरु यो काम जारी राख्न चाहान्थे ।

मुम्बई अपराध शाखाले अन्धेरीस्थित अफिसमा छापा मार्दासम्म फिल्महरु धेरैजसो डिलिट गरिएको थियो । तर प्रहरीले डाटा रिकभर गरेर १२० फिल्म रिकभर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री