सोमबार, २७ असोज २०८२

जेनजी आन्दोलनका घाइतेहरूलाई गायक दुर्गेश थापाले गरे आर्थिक सहयोग

समयपोष्ट २०८२ असोज १९ गते १४:००

Advertisement

गायक तथा कलाकार दुर्गेश थापाले जेनजी आन्दोलनका क्रममा घाइते भएका ११ जनालाई जनही १० हजार रुपैयाँ नगद सहयोग गरेका छन् ।

काठमाडौंका विभिन्न अस्पतालहरूमा पुगेर थापाले घाइतेहरूसँग भेटघाट गरी सहयोग हस्तान्तरण गरेका हुन् ।

थापाले सहयोग वितरणपछि भने, “धेरै घाइतेहरू डिस्चार्ज भइसक्नुभएको रहेछ । उहाँहरू बाँकी हुनुहुँदो रहेछ । मैले व्यक्तिगत हिसाबले उहाँहरूलाई सहयोग गरेको हुँ ।”

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा थापाले सक्रिय एक्यबद्धता जनाएका थिए । आन्दोलनमा प्रत्यक्ष सहभागी हुने उद्देश्यले उनले बेलायतमा रहेका साङ्गीतिक कार्यक्रमहरू रद्द गरी नेपाल फर्कने प्रयास गरेका थिए । तर, एयरपोर्ट बन्द हुँदा उक्त प्रयास सफल हुन सकेन । अहिले नेपाल फर्किएपछि थापा अस्पतालमै पुगेर घाइतेहरूलाई भेटेर सहयोग प्रदान गरेका छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री