पोर्न भिडियोबाट दैनिक कति कमाउँथे राज ?
समयपोष्ट
२०७८ साउन ११ गते १६:३१
भारतीय व्यापारी तथा नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्राले पोर्न भिडियोको छायांकन भारतमा नै गर्ने गरेको र बेलायत पठाउने गरेको मुम्बई क्राइम ब्रान्चले खुलासा गरेको छ ।
भारतीय मिडियाले मुम्बई क्राइम ब्रान्चका अफिसर्सको भनाई उदृत गर्दै उल्लेख गरे अनुसार, राजले भिडियोबाट दैनिक ६ देखि ७ लाख कमाउने गरेका थिए । सुरुवातमा उनले २ देखि ३ लाखसम्म कमाई गरेपनि पछि उनको कमाई बढेर ६ देखि ७ लाखसम्म पुगेको थियो । प्रहरीले उनको वास्तविक कमाइको खोजी अझै जारी राखेको छ ।
प्रतिक्रिया