शुक्रबार, ७ वैशाख २०८१

वास्तु अनुसार यस्तो हुनुपर्छ घरको भर्‍याङ

समयपोष्ट २०७८ साउन १० गते २१:३७

Advertisement

घर बनाउँदा आजकाल वास्तुमा निकै नै ध्यान दिने गरिन्छ ।

झ्याल, ढोका कुन दिशामा राख्ने देखि किचन,बाथरुम कुन दिशामा बनाउँदा उचित हुन्छ भनेर निकै ख्याल गरिन्छ । साच्चै वास्तु अनुसार सबै कुरामा ख्याल गर्ने हो भने भर्‍याङ बनाउदा पनि यस विषयमा सोच्न जरुरी छ । वास्तु विज्ञानको सिद्धान्त अनुसार कस्तो हुनुपर्छ त घरको भर्‍याङ ?

घरको दक्षिण–पश्चिम दिशामा भर्‍याङ बनाउनु एक आर्दश विकल्प हो । ध्यान दिनुपर्ने कुरा के भने सीढीं उत्तर दिशाबाट सुरु भएर दक्षिणमा टुंगिएको हुनुपर्छ । वैकल्पिक रुपमा यो पूर्वबाट सुरु भएर पश्चिममा सकिएको पनि हुनसक्छ ।

वास्तु विज्ञान अनुसार घरको मध्यभागमा भर्‍याङ राख्नु उचित हुँदैन । त्यसैगरी घरभित्र बनेको भर्‍याङ भान्सा कोठा, भण्डार कोठा वा पूजा कोठाबाट सुरु भएको हुनुहुँदैन ।

एक तलाबाट अर्को तलासम्म भर्‍याङ निरन्तर हुन्छ । तर, पहिलो तलादेखि तेस्रो, चौथो तला चढ्ने भर्‍याङ निरन्तर हुनुहुँदैन ।

भर्‍याङको अन्त्य र सुरुमा ढोका हुनु पनि सही मानिन्छ ।

भर्‍याङ बनाइरहँदा ख्याल गर्नुपर्ने अर्को कुरा के भने भ¥याङलाई सधै घडीको दिशामा मोड्नुपर्छ । वास्तु विज्ञानमा घडीको विपरित जाने भर्‍याङउचित मान्दैन ।

बाहिरी भर्‍याङको लागि वास्तु सिद्धान्त दक्षिण पूर्वतर्फ भर्‍याङ बनाउन सकिन्छ, जसको मुख पूर्वी दिशामा हुनुपर्छ ।

उत्तर-पश्चिम जसको मुख पश्चिमतर्फ हुनुपर्छ । वास्तु शास्त्र अनुसार दाहिने कोणबाट झुकेको बर्ग र आयतकार सिढी उत्तम मानिन्छ । सिढीधेरै अग्लो वा ठाडो उचित हुँदैन । सिंढीमा पाइलाको संख्या विषम अर्थात १५, १७, २१ हुनुपर्छ । संख्या कहिले पनि सून्यमा पुरा भएको हुनुुहुँदैन । अर्थात १०, २० वटा सिढीहुनुहुँदैन । यस्तो किनभने, मान्छेले सिढी चढ्दा दाहिने पाइलाबाट सुरु गर्छन् ।

सिढी सजिलो हुनुपर्छ । हिँड्दा थाक्ने वा लड्ने जोखिम हुनुहुँदैन । सहज रुपमा पाइला चाल्न सकिने हुनुपर्छ ।

सिढीको उचाई ४ इच्चदेखि ७ दशमलव ७५ इच्चको हुनुपर्छ । जबकि थ्रेडको लम्बाई १० देखि ११ दशमलव २५ मिटरबीच हुनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री