मंगलबार, ६ चैत २०८०

सर्वोच्चको फैसलाले राजनीतिक पार्टीको औचित्य समाप्त पार्यो : रायमाझी

समयपोष्ट २०७८ साउन ५ गते २१:३२

Advertisement

नेकपा(एमाले)का नेता टोपबहादुर रायमाझीले सर्वोच्च अदालतको फैसलाले राजनीतिक पार्टीको औचित्य समाप्त पारिदिएको बताएका छन् । मंगलबार आईटी आर्मीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता रायमाझीले यस्तो बताएका हुन् ।

नेता रायमाझीले अदालतले राजनीतिक नियुक्ति गरे जसरी प्रधानमन्त्री नियुक्त गरी देशमा प्रतिक्रान्ति गरेको बताए । उनले भने, ‘यो भन्दा जनताको जनादेशको अपमान के हुन्छ ? तिनै नेताहरू आफ्नो औचित्य सिद्धिइसक्यो, आफ्नो अधिकार अर्कोले लिइसक्यो । एक प्रकारले भन्ने हो भने अघोषित रूपमा प्रतिक्रान्ति भइसक्यो । अघोषित प्रतिक्रान्ति हो यो । राजनीतिक पार्टी, दलहरू र जनप्रतिनिधिले गर्न सक्ने निर्णय अर्कैले गरिदिने भनेको त प्रतिक्रान्ति हो ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री