जेनजी आन्दोलन दमन गर्नेलाई कारबाहीको माग गर्दै सर्वोच्चमा रिट
समयपोष्ट
२०८२ असोज २८ गते १५:४६
गत महिनाको जेनजी आन्दोलन दमनमा संलग्न व्यक्तिहरूमाथि फौजदारी अपराधमा अनुसन्धान गर्न आदेश जारी गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। सिन्धुपाल्चोकका युवराज पौडेलले दायर गरेको उक्त रिटमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न र आन्दोलन दमनमा संलग्न चार जनामाथि कारबाही गर्न माग गरिएको छ।
रिट निवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक र काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई फौजदारी अनुसन्धानको दायरामा ल्याउन आदेश जारी गर्न माग गरिएको छ। पौडेलले रिटमा उल्लेख गरेका छन्, “उक्त कार्यमा अवरोध सिर्जना गर्ने गरी नेपाल सरकार वा कुनै मन्त्रालयबाट कुनै निर्णय भएको रहेछ भने त्यसलाई खुलाउन लगाई सो निर्णय बदर गरियोस्।”
प्रतिक्रिया