मंगलबार, २८ असोज २०८२

देउवाले पूर्णबहादुर खड्कालाई सुम्पे कार्यवाहक सभापति

समयपोष्ट २०८२ असोज २८ गते १४:३५

Advertisement

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेका छन्।

मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति देउवा स्वयं उपस्थित भई खड्कालाई यो महत्वपूर्ण जिम्मेवारी हस्तान्तरण गरेका हुन्।

बैठकको अध्यक्षता सभापति देउवाले गरेका थिए। सोही बैठकमा उनले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको भूमिका निर्वाह गर्न निर्देशन दिए।

यसैबीच कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहिबारसम्म स्थगित भएको छ ।

Advertisement

आज सभापति शेरबहादुर देउवाले सम्बोधन गरेपछि बैठक असोज ३० गते दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री