शुक्रबार, १४ वैशाख २०८१

कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई प्रभु बैंकले आर्थिक सहयोग गर्ने

समयपोष्ट २०७८ साउन ५ गते २०:३८

Advertisement

प्रभु बैंक लि. ले काठमाण्डौ जिल्ला बसुन्धारास्थित सञ्चालनमा रहेको कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । मंगलबार प्रभु बैंक लि. को बबरमहस्थित केन्द्रिय कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कान्तिपुर डेण्टल अस्पतालका सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठकाविच प्रभु बैंकले आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भयो ।

प्रभु बैंक लि. बाट उपलब्ध गराईएको आर्थिक सहयोगमा कान्तिपुर जनरल एण्ड डेण्टल अस्पतालमा अत्याधुनिक स्वास्थ्य सामाग्रीहरु खरिद गर्ने र आर्थिक अभावका कारण स्वास्थ्य उपचार गर्न कठिनाई भोगिरहेका आर्थिक रुपमा विपन्न विरामीहरुको निःशुल्क उपचार गर्ने अस्पतालको योजना रहेको छ ।

यसबाट कान्तिपुर जनरल एण्ड डेण्टल अस्पतालमा उपचारका लागि आउने विरामीहरुले अत्याधुनिक स्वास्थ्य सामाग्रीहरुको मद्दतबाट स्वास्थ्य सेवा उपभोग गर्न सक्नेछन् भन्ने बैंकले विश्वास लिएको छ । साथै, प्रभु बैंक लि. ले समाजपयोगी कार्यक्रमहरुलाई आगामी दिनहरुमा समेत निरन्तरता दिँदै जाने व्यहोरा समेत अनुरोध छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री