शुक्रबार, ७ वैशाख २०८१

३०३२ सम्म पुगेर फर्कियो नेप्से परिसूचक, दोहोरो अंकको बृद्दि

समयपोष्ट २०७८ साउन ४ गते १५:५०

Advertisement

सेयर बजार दोहोरो अंकले बढेको छ ।

आज नेप्से परिसूचक १३.९७ अंकले बढ्दै २९९४.५८ विन्दुमा पुगेको हो । बजार खुलेको ६ मिनेटमा नेप्से ३०३२.२५ विन्दुसम्म पुगेको थियो। आज ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता सेयर किनबेचमा ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७ रूपैयाँ कारोबार भयो ।

आज सबैभन्दा धेरै एनआईसी एसियाको ३५ करोडको सेयर कारोबार भयो । यसैगरी, नविल बैंकको ३३ करोड कारोबार भयो । सिनर्जी पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, विशाल बजारको सेयर ९ प्रतिशतले बढ्न पुगेको छ । आज नेप्सेको उप-समूहमा बैंकिङ, व्यापार, निर्जीवन बीमा, उत्पादन, अन्य, म्यूचल फण्ड, लगानी तथा जीवन बीमा समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी व्यापार समूहका लगानीकर्ताले कमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री