यौनकर्मी सोनाक्षी !
समयपोष्ट
२०७८ असार २४ गते १२:५४
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा संजय लीला भंसालीको नयाँ प्रोजेट वेब शो ‘हीरामन्डी’मा देखिने भएकी छिन् ।
यसमा उनी यौन कर्मीको भुमिका देखिने छिन् । केही दिन पहिले फिल्म ‘गंगुबाई काठियावाडी’को सुटिङ सकाएका भंसालीले अहिले ‘हीरामन्डी’को समेत काम शुरु गरेका छन् । जसको लागि सोनाक्षी समेत फाइनल भएको समाचार बाहिरिएको छ । सोनाक्षीका पिता शत्रुध्न सिन्हाको पनि चाहना छोरीले भंसालीसँग काम गरोस् भन्ने रहेको थियो ।
‘हीरा मन्डी’ का लागि बलिउड अभिनेत्री हुमा कुरैशी समेत फाइनल भएकी छन् । रिपोर्टका अनुशार यो प्रोजेटमा सोनाक्षी र हुमा दुबै सेक्स वर्करको रुपमा देखिनेछन् ।
प्रतिक्रिया