शनिबार, ८ वैशाख २०८१

सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा २० प्रतिशत छुट दिने

समयपोष्ट २०७७ साउन १६ गते १४:५३

Advertisement

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कोभिड-१९ महामारीबाट बैंकका सेवाग्राहीहरूलाई परेको असरको मूल्यांकन गर्दै श्रावण महिनाको ब्याज रकममा २०% छुट दिने भएको छ ।

बैंकले बैंकका सेवाग्राही (ऋणी) महानुभावहरूले २०७७ असार मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम श्रावण मसान्तसम्म भुक्तानी गर्नुभएमा श्रावण महिनाको ब्याज रकममा २० प्रतिशत सहुलियत स्वरुप छुट हुने व्यवस्था गरिएको जानकारी दिएको छ ।

बैंकले ब्याज रकममा प्रदान गर्ने यस छुटले हाम्रा सेवाग्राही (ऋणी) हरुलाई हालको एस्तो विषम परिस्थितिमा केही सहयोग पुग्ने विषयमा यस डेभलपमेन्ट बैंक विश्वस्त रहेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री