आइतबार, ६ जेठ २०८१

यी चीज भुलेर पनि कसैलाई नबाड्नुहोस्, जसले तपाइलाई हानी पुर्याउछ

समयपोष्ट २०७७ साउन ८ गते ६:५४

Advertisement

हाम्रो हिन्दु समाजमा हरेक चिज एक अर्कालाई बाड्नुपर्छ भन्ने बानीको विकास बालापनदेखी नै विकास हुँदै आएको छ । प्राय खानेकुरा साथीभाईलाई बाडेर खाने गरिन्छ ।  बिभिन्न चाडपर्व, मेलापात र भोज भेतेरमा जाँदा लुगाफाटा,   गहना समेत मागेर लगाउने चलन छ ।  यो निकै राम्रो सस्कार हो तर केहि चिजहरु यस्तो हुन्छ जुन एक अर्कामा बाँडेर प्रयोग गर्दा हामीलाई नै हानी हुन्छ ।

एयरफोन

प्राय मानिसहरु आफ्नो एयरफोन  एक अर्कासंग शेयर गरिरहन्छन् । तर उनीहरु यो भुल्छन् कि एयरफोनसंग संगै उनिहरु एक अर्काको कानको जीवाणु  पनि शेयर गर्दै छन् । अब सोच्नुहोस् तपाइ आफ्नो एयरफोन शेयर गर्नुहुन्छ या हुन्न बाकी तपाइ आफै समझदार हुनुहुन्छ ।

Advertisement

जुत्ता 

प्राय हामी हाम्रो जुत्ता आफ्ना साथीहरुसंग  शेयर गर्छौँ । हामी यो सोच्दैनौ कि त्यसमा धुलो र फोहोर लागेको हुन्छ । आफ्नो जुत्ता शेयर गर्नु अघि यसबारे ध्यान पुर्याउनुहोस् ।

साबुन

नुहाउने या हात धुने साबुन कसैसंग शेयर गर्नु हुदैन  । कसैको हातको फोहोर, शरीरको फोहोरमा प्रयोग भएको साबुन तपाइ यति सजिलै कसरी प्रयोग  हुन्छ रु साबुनमा कति धेरै ब्याक्टेरिया हुन्छ यो सोच्नु भएको छ ?

मेकअप ब्रश

प्राय युवतीमा मेकअपको शोख त हुन्छ नै तर यससंग जोडिएको एउटा खराब बानि पनि छ कि उनीहरु आफ्नो मेकअप ब्रश अरुसंग शेयर गर्छन् । यदि तपाइको पनि यस्तो बानि छ भने  आजैबाट यो बानि हटाउनुहोस् । तपाइ पक्कै पनि चहानु हुन्न होला कि कसैको अनुहारमा रहेका पिम्पल्स आदि समस्या मेकअप ब्रशको माध्यमबाट तपाइको अनुहारसम्म आओस् ।

तौलिया

तपाइ आफ्नो तौलिया कसरी प्रयोग गर्नु हुन्छ एक पटक सोच्नुहोस् त । अब अरुको तौलिया प्रयोग नगर्ने सोच तपाइलाई आफैँ आइसकेको हुनुपर्छ ।

नेलकटर 

नङमा ब्याक्टेरिया र जीवाणु  भरिएको हुन्छ । यो कुरा त तपाइ आफैलाई थाहा होला । जब तपाइ आफ्नो नङ काट्नु हुन्छ त्यसमा ध्यान पक्कै गएको होला । त्यसैले आफ्नो नेलकटर कसैलाई नदिनुहोस् ।

एयररिङ्ग 

युवतीको सुन्दरतालाई निखार्न एयररिङ्गको पनि ठुलै भूमिका रहेको हुन्छ । तर उनीहरु आफ्ना साथी र नातेदारसंग इयररिङ शेयर गर्न कहिल्यै पछि हट्दैनन् । यदि तपाइ पनि यस्तो गर्नु हुन्छ भने अब देखि कहिल्यै नगर्नुहोस।

अन्डरवेयर

अन्डरवेयर अर्थात् भित्रि वस्त्र कहिल्यै एक/अर्कासंग नसाट्नुहोस्।

भोजन

जुनसुकै खानेकुरा  एक/अर्कासंग शेयर गर्ने त अहिले  ट्रेन्ड नै बनिसकेको छ । देख्दा त यो निकै राम्रो हो तर यो तपाइँको स्वास्थ्यको लागि पक्कै पनि राम्रो होइन ।

सिगरेट

त्यसो त सिगरेटको प्याकेट मै लेखिएको हुन्छ कि यो स्वास्थ्यको लागि निकै हानिकारक हुन्छ । तर  पनि मानिसहरु सिगरेट पिउन छाड्दैनन् । झन् त्यसमाथि एक/अर्कासंग शेयर गर्दै पिउछन् ।

रोल अन डियोड्रेन्ट

जुन वस्तुको प्रयोग तपाई  आफ्नो शरीरमा रगडेर गर्नुहुन्छ त्यसलाई शेयर गर्नु अघि धेरै पटक सोच्नुहोस् ।

टूथब्रश

यसलाई त पक्कै पनि कसैले शेयर गर्नुहुन्न होला ।

काइयो 

कपाल झर्नुको कारण मध्ये यो पनि एक हो । त्यसैले आफ्नो काइयो अरुसंग कहिल्यै शेयर नगर्नुहोस् ।

लिप बाम 

आफ्नो लिप बाम, लिपिस्टिक जस्ता चिजहरु कसैसंग शेयर नगर्नुहोस् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री