सोमबार, ७ जेठ २०८१

लडाकुसँग एक्लै भिडिन् यी किशोरी

समयपोष्ट २०७७ साउन ७ गते १४:४२

Advertisement

१६ वर्षीया अफगानी किशोरीले आफ्ना आमाबुबाको हत्या गर्ने तीन तालिवानी लडाकुलाई गोली हानेर मारिदिएकी छन्। गत साता ४० तालिवानी लडाकु घोर प्रान्तको जिरिभे गाउँ पसेका थिए। जुलाई १७ मा लडाकुहरू कमार गुलको घरमा पनि आएका थिए। त्यतिबेला उनी आमाबुवा र भाइसँग सुतिरहेकी थिइन्।

‘ती विद्रोहीहरू राति १ बजे उनीहरूको घरमा गएका थिए। ढोका ढक्ढक्याएपछि गुलकी आमा ढोका खोल्न पुगेकी थिइन्,’ प्रान्त सरकारका प्रवक्ता मोहम्मद अरेफ अबेरले भने,’तर तिनीहरूसँग हतियार देखिपछि उनले ढोका खोल्न मानिनन्।’ विद्रोहीले केहीबेरमै उनलाई गोली हानेर मारेका थिए। आमाको हत्या गरेलगत्तै उनीहरू भित्र छिरेर गुलका बुबालाई समेत गोली हाने।आफ्ना आमा र बुबाको हत्याको प्रत्यक्षदर्शी बनेकी गुलले त्यसपछि बुवाको राइफल समातिन् र ती विद्रोहीसँग भिडिन्।

प्रवक्ता अबेरका अनुसार भाइ हबिबुल्लाहलाई छेउमा राखेर गुल ती लडाकुहरूसँग भिडेकी थिइन्। एक घन्टापछि उनले आफ्ना आमाबुबाका हत्यारामध्ये तीन जनालाई मारिन्। त्यसपछि अरू विद्रोहीहरू पनि भीडन्तमा सामेल भएका थिए। तर केही समयपछि गाउँले र सरकार समर्थित लडाकुहरूको सहयोगमा विद्रोहीहरूलाई लखेटिएको थियो। अफगानी अधिकारीहरूले अहिले कमार गुल र उनका भाइलाई सुरक्षित स्थानमा लगिसकेका छन्।’उनीहरू दुई दिनसम्म मर्माहत थिए र धेरै बोल्नसमेत सकेका थिएनन् तर अहिले उनीहरू अवस्था ठिक छ,’ अबेरले भने।

अबेरका अनुसार उनीहरू बेसेको गाउँमा गुलका सौतेनी भाइबाहेक आफन्त छैनन्। अफगान सरकारले कमारको बहादुरीको क्याबिनेट बैठकमा समेत प्रशंसा गरेको छ। राष्ट्रपति असरफ घानीले ती दिदी-भाइलाई राष्ट्रपति भवनमा बोलाएका छन्। घटना भएको दिनदेखि गुलले स्कार्फ लगाएको र काखमा बन्दुक बोकेको तस्विर भाइरल भएको छ।एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री