
मुक्तिनाथ विकास बैंकले उत्कृष्ट वार्षिक प्रतिवेदन पुरस्कार प्राप्त गरेको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदनमा प्रणाली मार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएको उक्त पुरस्कार यस बर्ष मुक्तिनाथ विकास बैंकले हात पारेको हो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाध्क्षयको सपथ ग्रहण समारोहमा परिक्षक टंकमणि शर्मा दंगालले बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेललाई पुरस्कार हस्तान्तरण गरे ।
संस्थाबाट प्रदान गरिएको उक्त पुरस्कार वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार हो ।









प्रतिक्रिया