मंगलबार, ८ जेठ २०८१

न्यूरोडमा स्मार्ट पार्किङ : एप मार्फत पन्ध्र मिनेट पहिले बुकिंग,निश्चित अवधिमा पार्क नगरे बुकिङ रद्द

समयपोष्ट २०७६ असार १ गते ११:४५

Advertisement

काठमाडौँको न्यूरोडमा स्मार्ट पार्किङको शुभारम्भ गरिएको छ ।

आइतबार एक विशेष समारोहकाबीच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्किङको समुद्घाटन गरेका हुन् ।

स्मार्ट पार्किङका सञ्चालक कम्पनी ह्विल्स ट्रुलीले पहिलो चरणमा विशाल बजार र धर्मपथमा यो सेवा उपलब्ध रहेको जनाएको छ । त्यसपछि क्रमशः न्यूरोडको प्यूखा, खिचापोखरी, धर्मपथ, पाको र दरबारमार्गमा उपलब्ध हुनेछ ।

तीन महिनाअघि स्मार्ट पार्किङ निर्माण र सञ्चालनको जिम्मेवारी पाएको ह्विल्स ट्रूलीका अनुसार उपलब्ध स्थानमा आठ सय बाइक र ६० वटा गाडी पार्किङ क्षमता रहेको छ ।

Advertisement

स्मार्ट पार्किङको लागि गुगल प्ले स्टोरमा गएर ‘पार्क केटिएम’ एप डाउनलोड गर्नुपर्छ । एपले पार्किङ स्पेस भए नभएको जानकारी दिएसँगै एपबाटै आफूलाई आवश्यक ठाउँ बुक गर्न सकिनेछ ।

पार्किङको लागि १५ मिनेट पहिले नै बुक गर्ने व्यवस्था मिलाइएको छ । यदि बुक गरेको १५ मिनेट भित्र पार्किङ नगरे बुकिङ रद्द हुने ह्विल्स ट्रुलीले जनाएको छ । बुकिङ गर्ने समयदेखि नै शुल्क लाग्ने र बुकिङ गर्दा गाडी वा मोटरसाइकल नम्बर पनि इन्ट्री गर्नु पर्ने छ । मोटरसाइकलको लागि एक घन्टाको २५ रुपैयाँ र गाडीको लागि ८० रुपैयाँ शुल्क लाग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री