शुक्रबार, ७ वैशाख २०८१

कठिन विषयहरूलाई पनि सरल ढंगले बुझाउने प्रयास गर्छौं : एस्पी सिंह

समयपोष्ट २०७४ असार १५ गते ३:१४

अध्यक्ष, पेन्टागन, इन्टरनेसनल कलेज
उच्च शिक्षाको क्षेत्रमा ख्यातिप्राप्त, अनुभवी तथा विशुद्ध प्राज्ञिक व्यक्तिहरूको समूहबाट सञ्चालित पेन्टागन इन्टरनेसनल कलेज २०६६ सालमा स्थापना भएको हो । स्थापनाकालदेखि नै यो कलेज विद्यार्थी तथा अभिभावकहरूको पहिलो रोजाइमा पर्दै आएको छ । १० वर्षदेखि ३० वर्षसम्मका अनुभव सँगालेका प्राध्यापकहरू आफैं सञ्चालक पनि रहेकाले गुणात्मक शिक्षा पाउनेमा कुनै शंका छैन । यहाँका अधिकांश प्राध्यापक दस जोड दुईको पाठ्यक्रममा पढाइ हुने किताबको लेखक पनि भएकाले शिक्षणको गुणवत्ता अन्तर्राष्ट्रियस्तरको हाराहारीमा पुगेको छ ।

Advertisement

अन्तराष्टिय मापदण्ड अनुसारका प्रयोगशालाहरू, सुविधासम्पन्न पुस्तकालय, उपत्यका तथा हिमालहरूको विहङ्गम दृश्य अवलोकन गर्न सकिने तथा विविध किसिमका स्वस्थकर एवं स्वादिष्ट परिकारहरू उपलब्ध हुने क्यान्टिनजस्ता भौतिक पूर्वाधारले यस कलेजलाई थप विशिष्टता प्रदान गरेको छ । नेपाली शिक्षालाई विश्वस्तरीय बनाउन आधुनिक शिक्षण विधि प्रयोग गरिएको छ । यस प्रयोजनका लागि मोडेल, चार्ट, ओभरहेड प्रोजेक्टर तथा मल्टिमिडियाजस्ता सामग्री प्रयोग गरी हाम्रा विद्यार्थीलाई कठिन विषयहरूलाई पनि सरल ढंगले बुझाउने प्रयास गर्छौं । हामीले पारिवारिक वातावरण सिर्जना गरी विद्यार्थीसँग मित्रवत् व्यवहार गर्छौं, जसले गर्दा विद्यार्थी भयरहित भएर आफ्ना समस्या शिक्षकहरू समक्ष राख्ने गरेका छन् । यहाँ शिक्षकको दायित्व कक्षाकोठाभित्र मात्रै सीमित हुँदैन । हामी जुनसुकै बेला विद्यार्थीलाई सहयोग गर्न तत्पर हुन्छौं । वातानुकूलित कक्षाकोठा, प्रत्येक कक्षामा जडान गरिएका सीसीटीभी क्यामेरा तथा लिफ्टजस्ता उपकरणले यस कलेजलाई थप विशिष्टता प्रदान गरेको देखिन्छ । विज्ञान संकायजस्तै व्यवस्थापनतर्फ पनि यस कलेजले उत्कृष्टता हा“सिल गरेको छ । होटल म्यानेजमेन्ट, ल्याब, कम्प्युटर ल्याबको साथै आवश्यक फिल्ड भिजिटको व्यवस्था गरिएको छ । एक्काइसौं शताब्दीका चुनौतीलाई सामना गर्न सम्पूर्ण आधारभूत कुरालाई दृष्टिगत गरी कहलिएका योग्य शिक्षकहरूद्वारा अध्यापन गराउँदै छौं । शिक्षालाई व्यावहारिक बनाउन आधुनिक शिक्षण विधिहरू प्रयोग गरेका छौं, जसले गर्दा व्यवस्थापनको शिक्षा किताबमा मात्रै सीमित नभई व्यवहारमा पनि उतार्ने प्रयास गरेका छौं ।

शिक्षालाई समग्रता प्रदान गर्न उत्कृष्ट शिक्षणसँगसँगै अतिरिक्त क्रियाकलाप तथा खेलकुदमा पनि उत्तिकै चासो दिएका छौं । अन्तर्राष्ट्रिय मापदण्डको बास्केटबल कोर्ट, क्रिकेट, टेबलटेनिस तथा अन्य खेलहरूको व्यवस्था गरिएको छ । सर्वोत्कृष्ट शिक्षाका लागि अनुशासन एउटा अभिन्न भाग भएकाले हामी अनुशासित वातावरण कायम राख्न विशेष ध्यान दिएका छौं । स्वदेशी भूमिमा अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने उद्देश्यले योग्य, क्षमतावान तथा कहलिएका शिक्षक तथा प्राध्यापकहरूलाई नै सेयरधनी बनाई यस मन्दिरको निर्माण गरेका छौं । कम खर्चमा स्तरीय शिक्षा प्रदान गर्ने तथा देशको पुँजी पलायनलाई रोक्ने हाम्रो मुख्य उद्देश्य रहेको छ । छनौटमा परेका विद्यार्थीमध्ये करिब २५० जनालाई योग्यतानुसार विभिन्न प्रकारका छात्रवृत्ति प्रदान गर्दै आएका छौं ।
, अनुभवी तथा विशुद्ध प्राज्ञिक व्यक्तिहरूको समूहबाट सञ्चालित पेन्टागन इन्टरनेसनल कलेज २०६६ सालमा स्थापना भएको हो । स्थापनाकालदेखि नै यो कलेज विद्यार्थी तथा अभिभावकहरूको पहिलो रोजाइमा पर्दै आएको छ । १० वर्षदेखि ३० वर्षसम्मका अनुभव सँगालेका प्राध्यापकहरू आफैं सञ्चालक पनि रहेकाले गुणात्मक शिक्षा पाउनेमा कुनै शंका छैन । यहाँका अधिकांश प्राध्यापक दस जोड दुईको पाठ्यक्रममा पढाइ हुने किताबको लेखक पनि भएकाले शिक्षणको गुणवत्ता अन्तर्राष्ट्रियस्तरको हाराहारीमा पुगेको छ ।

अन्तर्राष्ट्रि«य मापदण्ड अनुसारका प्रयोगशालाहरू, सुविधासम्पन्न पुस्तकालय, उपत्यका तथा हिमालहरूको विहङ्गम दृश्य अवलोकन गर्न सकिने तथा विविध किसिमका स्वस्थकर एवं स्वादिष्ट परिकारहरू उपलब्ध हुने क्यान्टिनजस्ता भौतिक पूर्वाधारले यस कलेजलाई थप विशिष्टता प्रदान गरेको छ । नेपाली शिक्षालाई विश्वस्तरीय बनाउन आधुनिक शिक्षण विधि प्रयोग गरिएको छ । यस प्रयोजनका लागि मोडेल, चार्ट, ओभरहेड प्रोजेक्टर तथा मल्टिमिडियाजस्ता सामग्री प्रयोग गरी हाम्रा विद्यार्थीलाई कठिन विषयहरूलाई पनि सरल ढंगले बुझाउने प्रयास गर्छौं । हामीले पारिवारिक वातावरण सिर्जना गरी विद्यार्थीसँग मित्रवत् व्यवहार गर्छौं, जसले गर्दा विद्यार्थी भयरहित भएर आफ्ना समस्या शिक्षकहरू समक्ष राख्ने गरेका छन् । यहाँ शिक्षकको दायित्व कक्षाकोठाभित्र मात्रै सीमित हुँदैन । हामी जुनसुकै बेला विद्यार्थीलाई सहयोग गर्न तत्पर हुन्छौं । वातानुकूलित कक्षाकोठा, प्रत्येक कक्षामा जडान गरिएका सीसीटीभी क्यामेरा तथा लिफ्टजस्ता उपकरणले यस कलेजलाई थप विशिष्टता प्रदान गरेको देखिन्छ । विज्ञान संकायजस्तै व्यवस्थापनतर्फ पनि यस कलेजले उत्कृष्टता हा“सिल गरेको छ । होटल म्यानेजमेन्ट, ल्याब, कम्प्युटर ल्याबको साथै आवश्यक फिल्ड भिजिटको व्यवस्था गरिएको छ । एक्काइसौं शताब्दीका चुनौतीलाई सामना गर्न सम्पूर्ण आधारभूत कुरालाई दृष्टिगत गरी कहलिएका योग्य शिक्षकहरूद्वारा अध्यापन गराउँदै छौं । शिक्षालाई व्यावहारिक बनाउन आधुनिक शिक्षण विधिहरू प्रयोग गरेका छौं, जसले गर्दा व्यवस्थापनको शिक्षा किताबमा मात्रै सीमित नभई व्यवहारमा पनि उतार्ने प्रयास गरेका छौं ।

शिक्षालाई समग्रता प्रदान गर्न उत्कृष्ट शिक्षणसँगसँगै अतिरिक्त क्रियाकलाप तथा खेलकुदमा पनि उत्तिकै चासो दिएका छौं । अन्तर्राष्ट्रिय मापदण्डको बास्केटबल कोर्ट, क्रिकेट, टेबलटेनिस तथा अन्य खेलहरूको व्यवस्था गरिएको छ । सर्वोत्कृष्ट शिक्षाका लागि अनुशासन एउटा अभिन्न भाग भएकाले हामी अनुशासित वातावरण कायम राख्न विशेष ध्यान दिएका छौं । स्वदेशी भूमिमा अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने उद्देश्यले योग्य, क्षमतावान तथा कहलिएका शिक्षक तथा प्राध्यापकहरूलाई नै सेयरधनी बनाई यस मन्दिरको निर्माण गरेका छौं । कम खर्चमा स्तरीय शिक्षा प्रदान गर्ने तथा देशको पुँजी पलायनलाई रोक्ने हाम्रो मुख्य उद्देश्य रहेको छ । छनौटमा परेका विद्यार्थीमध्ये करिब २५० जनालाई योग्यतानुसार विभिन्न प्रकारका छात्रवृत्ति प्रदान गर्दै आएका छौं ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री