शनिबार, १५ वैशाख २०८१

अरनिको कलेजलाई बर्नहार्टकै उचाइमा पुर्याउँछौं :पुरुषोत्तम विष्ट

समयपोष्ट २०७४ असार १५ गते ३:०८

प्रिन्सिपल अरनिको इन्टरनेसनल कलेज
हामीले यसै शैक्षिक सत्रदेखि काठमाडौं बर्नहार्ट कलेजको व्यवस्थापनमा अरनिको इन्टरनेसनल कलेज शुरु गरेका छौं । सबै सेवा सुविधा र विशेषतासहित ललितपुर महानगरपालिका १५ अन्तर्गत रिङरोड नजिकै पर्ने ताल्छिखेलमा रहेको अरनिको इन्टरनेसनल कलेज पनि काठमाडौं बर्नहार्ट कलेजकै अंगका रूपमा बर्नहार्ट एजुकेसन फाउन्डेसन मातहत नै सञ्चालन गरेका छौं । रिङरोड नजिकै भएर पनि सहरी कोलाहलबाट अलग सुन्दर, रमणीय र शान्त वातावरणमा अवस्थित अरनिको कलेज बर्नहार्ट कलेजमा उपलब्ध सेवा, सुविधा र विशेषताबाट सुसज्जित त छँदै छ । हरेक साता परीक्षा लिने र विद्यालयको परीक्षाा समितिले औंल्यायको पक्षलाई आत्मसात् गर्दै अध्यापन गराउने शैली यहाँ प्रभावकारी बनेको छ । 

Advertisement

शिक्षकमात्र होइन, संस्थापक नै अभिभावक र विद्यार्थीसँग निरन्तर र सहज सम्पर्कमा रहने भएकाले पनि नतिजामा उत्कृष्टता हाँसिल गर्न सम्भव भएको छ, यो हाम्रो सफलताको मूल आधार हो । बर्नहार्ट कलेजकै सञ्चालक, व्यवस्थापक र शिक्षकहरूबाट सञ्चालित अरनिको इन्टरनेसनल कलेजले पनि बर्नहार्टकै जस्तो सफलता यसै शैक्षिक सत्रबाट प्राप्त गर्नेछ भन्ने विश्वास सम्पूर्ण विद्यार्थी एवम् अभिभावक वर्गमा दिलाउन चाहन्छौं ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री