शुक्रबार, १४ वैशाख २०८१

सेञ्चुरी कमर्सियल र एशियन लाइफ इन्स्योरेन्सले निश्कासन गर्दै हकप्रद

समयपोष्ट २०७४ असार २ गते ७:४१

सेञ्चुरी कमर्सियल बैंक र  एशियन लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निश्काशन गर्ने भएका छन् । सेञ्चुरी कमर्सियल बैंकले १० बराबर ४ अनुपात र एशियन लाइफ इन्स्योरेन्सले २ बराबर १ अनुपातमा हकप्रद सेयर निश्काशन गर्ने भएका हुन् । 

Advertisement

यि दुबै कम्पनीले  हकप्रद निश्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिईसकेका छन् । बैंकको सेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ भने इन्स्योरेन्सको सेयर बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल रहेको छ । बैंकले हकप्रद निष्कासनबाट १ अर्ब ८८ करोड रुपैयाँ जुटाउने छ भने इन्स्योरेन्सले ४० करोड २७ लाख जुटाउने  छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री