शुक्रबार, १६ चैत २०८०

विशाखापट्टनमबाट सामान बोकेको पहिलो रेल नेपाल आइपुग्यो

समयपोष्ट २०७४ जेठ ३१ गते २:३०

नेपाली आयातकर्ताको बहुप्रतीक्षित विशाखापट्टनम–वीरगन्ज ड्राइपोर्ट पारवहन सेवा सुरु भएको छ । भारतसँग सम्झौता भएको ७ वर्षपछि विशाखापट्टनबाट मालसामान लिएर नेपालको सिर्सियास्थित सुख्खा बन्दरगाहमा रेल आइपुगेको हो । 

Advertisement

नेपाली आयात–निर्यातकर्ताले अहिलेसम्म प्रयोग गर्दै आइरहेको भारतकै कोलकत्ता बन्दरगाहबाट वीरगन्जको ड्राइपोर्टसम्म रेलमार्गबाट सामान ढुवानी गर्दा धेरै समस्या झेल्नुपरेको भन्दै विशाखापट्टनम बन्दरगाहबाट पनि ढुवानीका लागि पारवहन सेवा दिन माग गर्दै आएका थिए ।

विशाखापट्टनमबाट सोमबार पहिलो पटक बिटुमिन (अलकत्रा) र अष्टे«लियन चना लिएर मालवाहक रेल सुख्खा बन्दरगाहमा आइपुगेको सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख सूर्यप्रसाद सेढार्इंले बताए । महाविर ओभरसिज र रौनियार ब्रदर्सको नाममा उक्त सामान आयात भएको हो । 
विशाखापट्टनमबाट पारवहन सेवा सुरु भएपछि व्यवसायीहरू उत्साहित भएका छन् ।

उक्त बन्दरगाह प्रयोग गर्न पहिलेदेखि नै नेपाली व्यवसायीले माग गरिरहेको बताउँदै वीरगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष प्रदीप केडियाले कोलकत्ता बन्दरगाहमा जस्तो दुःख विशाखापट्टनमबाट नहुने विश्वास व्यक्त गरे । 

विशाखापट्टनमबाट पहिलो पटक सामान आए पनि अब यसको निरन्तरता भने सेवा र सुविधामा निर्भर रहने सुख्खा बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत सेढार्इंको भनाइ छ । “सैद्धान्तिक हिसाबले सस्तो र छिटो छरितो हुनुपर्ने हो । अर्को पोर्ट पनि प्रयोगमा ल्याएपछि कोलकत्ता पोर्टको एकाधिकार तोडिन्छ,” उनले भने । 

नेपालको सुख्खा बन्दरगाहसम्म ढुवानी गर्ने जिम्मा लिएको कंकरले नै विशाखापट्टनमबाट ढुवानी गर्नेछ । यसको कन्टेनर भने सिपिङ कम्पनी मेस्र्कलाइन रहेको छ ।

धेरै समयदेखि विशाखापट्टनम बन्दरगाहबाट पारवहन सेवा प्रयोग गर्नेबारेमा व्यवसायी र पारवहन सेवासँग सरोकार राख्ने प्रतिनिधिहरूबीच छलफल भएको थियो । विशाखापट्टनमबाट सामान ढुवानी सुरु भएपछि आयातकर्ताहरूले व्यापारमा सहज हुने विश्वास लिएका छन् । नीरज पिठाकोटे / कारोबारदैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री