शुक्रबार, १६ चैत २०८०

शुल्क संकलनको लागि नबिल बैंक र ब्रिटिस काउन्सिल बिच सम्झौता

समयपोष्ट २०७४ जेठ २४ गते १२:५१

नबिल बैंक र ब्रिटिस काउन्सिलले आइऐएलटिएस लगायत विभिन्न टेस्ट परिक्षाको शुल्क संकलन सहजिकरण गर्न एक सम्झौता गरेका छन । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सशिन जोसी र ब्रिटिस काउन्सिलका निर्देशक डा.जोभन लिकले मंगलवार बैंकमा आयोजित एक कार्यक्रममा यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्।
यस साझेदारीको माध्यमबाट ब्रिटिस काउन्सिलले सञ्चालन गर्ने परिक्षामा सहभागि हुने बिध्यार्थिहरुले तिर्नुपर्ने शुल्क नबिल बैंक लिमिटेडका तोकिएका निस्चित शाखाहरुवाट बुझाउन सक्नेछन ।

Advertisement

बैंकले यो सेवा यसका काठमाडौं उपत्यका बाहिरका शाखाहरु बुटवल, बिराटनगर, चितवन, भैरहवा, नेपालगञ्ज, विर्तामोड, पोखराबाट असार १ गतेदेखी र काठमाडौं उपत्यकामा रहेका ९ वटा शाखाहरु तिनधारा, ललितपुर, कौशलटार, महाराजगञ्ज, नयाँसडक, नयाँ बानेश्वर, कान्तिपथ, बालाजु, चाबहिलबाट असार ४  गतेबाट यो सेवा सञ्चालन हुने जनाइएको छ । यस सेवाले अब काठमाडौं बाहिर रहेका बिध्यार्थिहरुलाई समेत सम्बन्धित नजिकका शाखाहरुबाट नै अब शुल्क बुझाउन सहज हुने बैकद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । 

 ‘हाम्रा शाखाहरु मार्फत आइऐएलटिएस लगायत अन्य टेष्टको शुल्क संकलन गर्नको लागि ब्रिटिस काउन्सिलसँग साझेदारी गर्नपाउँदा हामीले खुशी महशुस गरेका छौं, यसले विभिन्न स्थानमा रहेका विद्यार्थीहरुलाई बैंकका नजिकका विभिन्न शाखाहरुबाट रकम भुक्तानीगर्न सहज हुनेछ, बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले भने ‘ निकट भविस्यमै हामीले अनलाईन भुक्तानी प्रणालीबाट समेत शुल्क संकलन गर्न गइरहेकोले यसबाट विद्यार्थीहरुलाई अझ सहजता पुग्नेछ ।’ उनले  उच्च शिक्षा हाँसिल गर्न चाहाने विद्यार्थीहरुलाई सहायता प्रदान गर्नको लागि ब्रिटिस काउन्सिल जस्तो प्रतिष्ठित संस्थासँग साझेदारी गर्न पाउनु आफ्नो लागि गौरबको बिषय भएको बताए । 
ब्रिटिस काउन्सिलका निर्देशक डा. जोभन लिकले नबिल बैंकबाट सुने अनुसारकै गुणस्तरीय ब्यवसायिक सेवा प्राप्त गर्ने अपेक्षा गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री