शुक्रबार, १६ चैत २०८०

नेप्से परिसूचक दोहोरो अंकले घटेर फेरि १६ सय अंकमुनि,स्ट्यान्डर्ड चार्टर्डको शेयरमा आकर्षण

समयपोष्ट २०७४ जेठ २१ गते १०:५०

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर फेरि १६ सय अंकमुनि झरेको छ । कारोबारमा आएका अन्य बाहेक बाँकी सबै समूहमा आएको गिरावटले बजार ओरालो लागेको हो । बजार खुल्नासाथ ओरालो लागेको नेप्से कारोबारको अन्त्यतीर केही समालिन खोजेपनि १०.५ अंकले तल झरेर १५९३.८१ अंकमा पुगेको छ । यसदिन १४१ कम्पनीको ५५ करोड ६७ लाख बराबरको सेयर किनबेच भयो । दोहोरो अंकले बजार झर्दा बजारपूँजीकरण १८ खर्ब ६४ अर्बमा झरेको छ ।

Advertisement

यसदिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ९५ अंकले घटेको छ । जलविद्युत समुहको परिसुचक ३०.६९, होटल १५.५५, उत्पादन १३.१ र वाणिज्य बैंक समुहको परिसुचक ९.१९ अंकले घटेको छ ।

त्यस्तै विकास बैंकको ७.६९,फाइनान्स समुह १ अंकले ओरालो लागेको छ । यता अन्य समुहको परिसुचक भने ० दशमलव ८६ अंकले उकालो लागेको छ ।

यसदिन स्ट्याण्र्डड चार्टर्ड बैंकको सबैभन्दा धेरै ४ करोड १५ लाख बढीको कारोबार भयो । आरएसडिसि लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै नौ प्रतिशतले बढ्यो । सबैभन्दा धेरै गुमाउने कर्णाली विकास बैंकको सेयरमूल्य पाँच प्रतिशत बढीले घटेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री